राजनिती

महिनैपिच्छे विवाद निकाल्दै फन्डाबिनाको बार्ता गर्दै ओलीलाइ हटाउने धम्कि नदिन प्रचण्ड र नेपाललाई बास्कोटाको चेतावनी

महिनैपिच्छे विवाद निकाल्दै फन्डाबिनाको बार्ता गर्दै ओलीलाइ हटाउने धम्कि नदिन प्रचण्ड र नेपाललाई बास्कोटाको चेतावनी

१ साउन २०७७ काठमाडौँ : पूर्वमन्त्री तथा सांसद गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हठात हटाउने कुराको धम्की नदिन अर्का अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधव कुमार नेपाल समूहलाई चेतावनी दिएका छन् । बाँस्कोटाले ओलीलाई हटाउने धम्कि दिनुभन्दा मिल्नु र मिलाउनुमै नेकपा र देशको सुदुरसम्म्को हितमा हुने कुरापनि उल्लेख गरेका छन् ।

उनले पार्टीका अर्का अध्यक्ष दाहाल र बरिष्ठ नेता नेपालको नाम उल्लेख नगरेपनि दाहाल नेपाल समूहले ओलीको राजीनामा मागेकोले उनको अभिव्यक्ति पनि उनीहरुप्रति नै लक्षित भएको अनुमान सहजै लगाउन सकिन्छ ।

सामाजिक सञ्जाल ट्विटरमार्फत बाँस्कोटाले लेखेका छन्,’धाेवीले कुरा काट्याे,मैले सीता (श्रीमती)छाेडिदिएँ भनेर रामले भनेजस्ताे हाेईन,केपी ओलीले दुबै पद छाेडने कुरा।हठात हटाउने कुराकाे धम्की दिइरहनु भन्दा मिल्नु र मिलाउनमै नेकपा र देशकाे सुदुरसम्मकाे हितमा हाेला।महिनैपिच्छेकाे वार्ताकाे फण्डाबिनाकाे सुदृढ एकता कायम गरेकाे राम्राे।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *