Breakingराजनितीसमाचार

प्रधानमन्त्री ओली इख बोक्ने व्यक्ति, दुर्घटना निश्चित छ: नेता श्रेष्ठ

प्रधानमन्त्री ओली इख बोक्ने व्यक्ति, दुर्घटना निश्चित छ: नेता श्रेष्ठ

१९ असार २०७७ काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीको पछाडी फर्किने बानी नभएकाले मुलुक दुर्घटनातर्फ जान सक्ने उनलाई नजिकबाट चिन्नेहरुले आशंका गरेका छन् ।

अगाडीको परिणाम के आउछ भन्ने मतलव नगरी दुर्घटना नै हुने भएपनि अगाडी बढ्ने तर पछाडी नहट्ने ओलीको स्वभाव रहेको उनीहरुको भनाई छ ।

प्रधानमन्त्री ओलीसँग झण्डै ३० बर्ष संगत गरेका पूर्व एमाले नेता समेत रहेका जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले ओली सम्झौता नगर्ने मान्छेभएकाले अरुलाई सिध्याउन जस्तोसुकै कदम चाल्न सक्ने बताएका छन् ।

उनले भने “ओलीजी बदला लिने भावना भएको विष बोकेको सर्प जस्तै इख बोक्ने व्यक्ति हो, उहाँले जे पनि गर्न सक्नुहुन्छ ।”

प्रधानमन्त्री ओलीलाई भविश्यमा के परिणाम आउछ भन्ने मतलब नगरी होमिने मान्छेको रुपमा उनको विश्लेषण रहेको छ ।

विवाद मिलाउनका लागि यसअघि बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखे झै अहिले पनि नयाँ यस्तै सुत्र प्रयोग गर्न सक्ने नेता श्रेष्ठले अनुमान गरे ।