मंगलबार थप २०४ सङ्क्रमित फेला, संक्रमित संख्या १६ हजार १६८ पुग्यो
मंगलबार थप २०४ सङ्क्रमित फेला, संक्रमित संख्या १६ हजार १६८ पुग्यो
२३ असार २०७७ काठमाडौँ : पछिल्लो २४ घन्टामा नेपालमा थप २०४ जना कोरोना संक्रमित फेला परेका छन्। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिंगका क्रममा नेपालमा थप संक्रमित संगै कुल संक्रमितको संख्या १६ हजार १६८ पुगेको जागेश्वोर गौतमले जानकारी दिए।
डिस्चार्ज
आज ६८४ जना निको भएर डिस्चार्ज हुनुभएको छ ।
उपत्यकामा सङ्क्रमित
यस्तै, आज काठमाडौँ उपत्यकामा सङ्क्रमित सङ्ख्या २८ पुगेको छ । काठमाडौँ जिल्लामा १४, ललितपुरमा १० र भक्तपुरमा ४ जना सङ्क्रमित भएका छन् ।
