इटालियन सिरी ए: मार्टिनेजले पेनाल्टी चुकाउँदा इन्टर मिलान पराजित
इटालियन सिरी ए: मार्टिनेजले पेनाल्टी चुकाउँदा इन्टर मिलान पराजित
२२ असार २०७७ काठमाडौं : इटालियन सिरी ए अन्तर्गतको आज रति भएको खेलमा इन्टर मिलनले बोलोग्नासंग हार ब्येहोरेको छ। एक गोलको अग्रता अनि पेनाल्टी अवसर गुमाउँदा इटालियन सिरी एमा तेस्रो स्थानको इन्टर मिलान बोलोग्नासँग २-१ ले पराजित भएको हो ।
रोमेलु लुकाकुको पहिलो गोल संगै अग्रता लिएको इन्टरले अर्को अवसर लाउटारो मार्टिनेज पेनाल्टीमा गोल गर्न असफल रहे ।
घरेलु मैदानमा २२औं मेनटमा लुकाकुको गोलबाट इन्टरले अग्रता लिएको थियो । ५७औं मिनेटमा रोवर्टो सोरियानोले रेफ्रीलाई अपशब्द बोलेको भन्दै रातो कार्ड पाएका थिए । इन्टरलाई एक खेलाडी कम भएको फाइदा थियो । तर ६२औं मिनेटमा प्राप्त पेनाल्टीमा मार्टिनेजले गोल गर्न सकेनन् । उनको प्रहार बोलोग्नाका गोलकिपर लुकासले रोके ।
एक खेलाडी कम भए पनि ७४औं मिनेटमा मुसा जुवाराले बोलोग्नाका लागि बराबरी गोल पर्काए ।
७७औं मिनेटमा अलेसान्द्रो बास्तोनी रातो कार्ड खाँदै मैदान बाहिरिएपछि इन्टर पनि १० खेलाडीमा झर्यो। त्यसपछि बोलोग्नाले अर्को गोल थप्यो । ८०औँ मिनेटमा मुसा बारोले गोल गर्दै बोलोग्नालाई २-१ को जित दिलाए ।