Breakingदेशसमाचारसमाज

बाँकेको नरैनापुरमा सेना परिचालन गर्ने निर्णय

बाँकेको नरैनापुरमा सेना परिचालन गर्ने निर्णय

११ जेठ २०७७ काठमाडौं : कोरोना भाइरस -(कोभिड-१९) संक्रमित व्यक्तिहरु आइसोलेसनमा बस्न नमान्ने र भाग्न थालेपछि बाँकेको नरैनापुरलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले राति ८ बजेबाट निषेधित क्षेत्र लागू गर्ने र नेपाली सेनासहित सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको हो ।

नरैनापुरमा कुल ११४ जनामा कोरोना संक्रमण देखिएको छ, उनीहरु मध्ये एकको मृत्यु भएको छ । तर पछिल्लो समय संक्रमितलाई अस्पताल ल्याउन खोज्दा स्थानीयले प्रतिवाद गर्न थालेका छन् ।

विरामीलाइ नेपालगञ्ज ल्याउने लगायतका सन्दर्भमा समुदायको पर्याप्त साथ सहयोग नभएपछि निषेधित क्षेत्र घोषणा घोषणा गर्नु परेको प्रशाशनको भनाइ छ ।

स्थिति नियन्त्रण बाहिर गएको भन्दै गाउँपालिकाले शनिबार मात्र सेना परिचालन गर्न माग गरेको थियो ।

कोरोना भाइरस