कोरोनाभाइरससमाचार

बिहिबार थप ४७३ जनामा कोरोना सं‌क्रमण, काठमाडौंमा मात्रै थपिए २८ जना

बिहिबार थप ४७३ जनामा कोरोना सं‌क्रमण, काठमाडौंमा मात्रै थपिए २८ जना

१८ साउन, काठमाडौं : बिहीबार थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका नयाँ संक्रमितहरुमध्ये २८ जना काठमाडौं जिल्लाका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

काठमाडौंमा १७ महिला र ११ पुरुषमा सं‌क्रमण देखिएको हो । बिहीबार नै भक्तपुर र ललितपुरमा पनि २/२ जना संक्रमित भेटिएका छन् ।

नेपालमा कोरोना संक्रमितको कुल स‌ंख्या १४ हजार ५१९ पुगेको छ । कोरोना संक्रमण निको भएर ५ हजार ३ सय २० जना घर फर्किएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *