टेकु अस्पतालमा भर्ना भएका विरामीमा कोरोना नभएको पुष्टि
टेकु अस्पतालमा भर्ना भएका विरामीमा कोरोना नभएको पुष्टि
२० फागुन २०७६ काठमाडौं : कोरोना (कोभिड १९) भाइरसको आशंकामा टेकुमा राखिएका चारजना मै कोरोना नभएको अस्पतालले पुष्टि गरेको छ ।
कोरोना भाइरसको आशंकामा गत बुधबार उनीहरुलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको थियो।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएका चारजना बिरामीको स्वास्थ्य रिपोट नेगेटिभ आएपछि उनीहरुमा कोरोना नभएको अस्पतालले पुष्टि गरेको छ ।
परीक्षणका क्रममा उनीहरुमा कोरोना भाइरसको संक्रमण नदेखिएको जनस्वास्थ्य प्रयोगशाला स्रोतले जनाएको छ। उनीहरुको रिपोर्ट अस्पतालले अब केही बेरमा सार्वजनिक गर्ने तयारी गर्दै छ ।
चीनबाट एकजना र कोरियाबाट आएका तीनजना गरी चारजनालाई बिरामीलाई आइतबार टेकु अस्पताल भर्ना गरिएको थियो ।
हालसम्म जम्मा २३ जना बिरामीलाई कोरोना आशंकामा आइसोलेसनमा राखिएको छ । तीमध्ये १९ जना सकुशल घर फर्किसकेका छन् ।
