नेकपा फुट नजिक : अज्ञात व्यक्तिले एमाले पार्टी दर्ताका लागि निर्वाचन आयोगमा लागेपछि नेकपामा हंगामा
नेकपा फुट नजिक : अज्ञात व्यक्तिले एमाले पार्टी दर्ताका लागि निर्वाचन आयोगमा लागेपछि नेकपामा हंगामा
१६ असार २०७७ काठमाडौँ : महिनौदेखि आन्तरिक कलहमा जेलिएको नेकपा अन्ततः फुटको संघारमा पुगेको छ। यसको पुस्टि नेकपा (एमाले) नामको दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको बिषयले छर्लंग गर्छ। बिहिबार बसेको नेकपा स्थाई कमिटि बैठकमा समेत यस विषयमा छलफल भएको श्रोतको दाबि छ ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटीको चौथौ दिनको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले यो पार्टी कसले किन दर्ता गर्न लागेको हो भनेर विषय प्रवेश गराएका थिए ।
‘नयाँ दल नेकपा एमाले दर्ता गर्न निर्वाचन आयोगमा दुई दिनअघि आवेदन परेको भन्ने सुन्नमा आयो । यसमा हाम्रो पार्टीका नेता कार्यकर्ता कसैको संलग्नता छ कि छैन भन्ने प्रश्न उठेपछि अध्यक्ष प्रचण्डले बैठकमा विषयवस्तु प्रवेश गराउनु भयो र त्यसबारे छलफल भयो,’ बैठकपछि प्रवक्ता श्रेष्ठले भने।
यो दल दर्ताका लागि निर्वाचन आयोग पुर्याउने व्यक्ति झापाकी सन्ध्या तिवारी रहेको र उनकै अध्यक्षतामा एमाले पार्टी दर्ताका लागि निर्वाचन आयोगमा आवेदन दिएको भन्ने सूचनापछि बैठकमा छलफल भएको थियो ।
