कोरोनाभाइरससमाचार

पाल्पाका थप ९३ जनामा कोरोना संक्रमण पाइयाे

पाल्पाका थप ९३ जनामा कोरोना संक्रमण पाइयाे

११ असार २०७७ काठमाडौँ : भरतपुर स्थित काेभिड-१९ प्रयाेगशालामा गरिएको परिक्षणमा पाल्पा जिल्लावाट ल्याईएका ९३ जनाकाे स्वावमा काेराेना संक्रमण देखिएको छ ।

भरतपुर अस्पतालले बिहिवार बिहान दिएको जानकारी अनुसार पाल्पाका २३४ नमुना मध्य बुधबार गरिएको परीक्षणमा ठूलाे संख्यामा पाेजेटिभ देखिएको हाे । उनीहरू पाल्पाका विभिन्न ठाउँका रहेकाे अस्पतालले जनाएको छ ।

यस बाहेक भरतपुरका विभिन्न अस्पतालबाट संकलित अन्य ६३ जनाकाे स्वावकाे नतिजा भने नेगेटिभ बिहिवार बिहान आएको छ । भरतपुर प्रयाेगशालामा हिजाे २९७ जनाकाे परिक्षण गरिएको थियाे ।