मासिक राशिफल

मासिक राशिफल – Monthly Rashifal

aajako rashifal । aaja ko rashifal । ajako rashifal । aja ko rashifal । Horoscope in nepali Today 2077 (आजको राशिफल)तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

यो महिनामा केही सावधानी अपनाउनुपर्ने देखिन्छ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि मेहनतले काम बनाउन सकिनेछ। अधिक परिश्रम गर्नुपर्ने समय रहेकाले थकान र कमजोरी भने अनुभूत हुनेछ। सरोकार नभएका विषयमा चासो राख्नाले व्यर्थैमा दुःख पाइनेछ। बलजफ्ती गर्ने बानीले वादविवाद निम्त्याउने हुँदा सावधान रहनुहोला। बलभन्दा बुद्धिको उपयोगले लक्ष्य प्राप्ति हुनेछ। पुरानो काम रोकिए पनि नयाँ व्यवसाय प्रारम्भ गर्न सकिनेछ। सुझबुझले काम लिँदा पुरानो समस्या समेत सम्झौतामा टुंगिनेछ। अध्ययनमा समय दिन नसकिए पनि कर्मयोगले उचाइको बाटो समाउनेछ। भाग्यले असल मित्र, शुभचिन्तक तथा सहयात्री आदि जुराउन सक्छ। प्रतिफल समयमा नउठाउँदा केही समस्या भने पर्न सक्छ। आफन्तबाट टाढा भइनेछ। निकटजनहरूसँग असमझदारी बढ्न सक्छ। स्वास्थ्य कमजोर हुनाले काममा जुट्न समस्या पर्नेछ। राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्नेछ। द्वेष गर्नेहरूबाट सजग रहनुहोला। व्यवसायमा मन्दी आउनाले आयआर्जनमा कमी आउनेछ र सञ्चित रकम खर्चनुपर्नेछ। नियमित काममा पनि सोचेको उपलब्धि नहुन सक्छ। असावधानीले चोटपटक लाग्न सक्छ। कब्जियत वा ढाड–कम्मर सम्बन्धी समस्याले सताउनेछ। अप्ठ्यारो समयमा शुभचिन्तकहरूको सहयोग जुट्नाले राहत मिल्नेछ। सत्पात्रको संगतले दैनिक व्यवहारमा पनि सुधार ल्याउन सकिनेछ। अध्ययनमा भने समय दिन नसकिएला।

aajako rashifal । aaja ko rashifal । ajako rashifal । aja ko rashifal । Horoscope in nepali Today 2077 (आजको राशिफल)बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

घर–गृहस्थीमा केही समस्या देखिए पनि यो महिना समग्रमा शुभफलदायी रहनेछ। स्वास्थ्य र आम्दानीका दृष्टिले यो महिना कमजोर रहनेछ। सञ्चित रकम खर्च हुने र आयआर्जनमा कमी आउने हुँदा आर्थिक अभावले सताउन सक्छ। स्वास्थ्य कमजोर हुनाले लामो समय काममा सक्रिय हुन नसकिएला। आफ्ना कमजोरीको फाइदा उठाउनेहरू प्रशस्तै हुनेछन्। राजनीतिक तथा सामाजिक प्रभाव कमजोर रहनेछ। नयाँ कामको योजनामा हुनुहुन्छ भने आफ्नैले अवरोध पुर्याउन सक्छन्, गोपनीयतामा ध्यान दिनुहोला। व्यवसाय र आयमूलक काममा मन्दी आउन सक्छ। समयमा निर्णय नलिने र अरूको मुख ताक्ने बानीले अवसर गुम्न सक्छ। चोटपटक वा हाड–जोर्नीमा कमजोरी देखिएकाले साधन प्रयोगमा र जोखिम हुने काममा सावधानी अपनाउनुहोला। समयको प्रतिकूलताले नयाँ काम थाल्न नसकिए पनि प्राप्त उपलब्धि र पहिलेको साख जोगाउन सकिनेछ। आस मारेको कामले पनि आशा जगाउनेछ। प्रयत्न गर्दा यात्राको प्रक्रिया अघि बढ्न सक्छ। तर, हतारको निर्णयले गलत दिशामा डोहोर्याउने हुँदा सावधान रहनुहोला। नयाँ आर्थिक कारोबार र लगानी सुरक्षित नहुन सक्छ। घरखर्च बढ्नेछ भने आयआर्जनमा कमी आउनेछ। सोखले फजुल खर्च पनि बढाउन सक्छ। बलजफ्ती गर्ने बानीले परिवारमा असमझदारी निम्त्याउनेछ र आफन्तजन निराश बन्नेछन्। आलोचकहरूलाई शुभचिन्तकका रूपमा लिनुहोला, महिना फलदायी रहनेछ।

aajako rashifal । aaja ko rashifal । ajako rashifal । aja ko rashifal । Horoscope in nepali Today 2077 (आजको राशिफल)धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

रोकिएका काम पुनः प्रारम्भ हुनाले यो महिना फलदायी रहनेछ। परिवेश रमाइलो देखिए पनि कर्मयोगमा उतारचढाव आउन सक्छ। यात्रा, भोगविलास र भेटघाटले खर्चका साथै जोखिम समेत निम्त्याउन सक्छ। विभिन्न अवसर आए पनि काममा समय दिन नसक्दा पछि परिनेछ। परिस्थितिवश घरेलु कामकाजमा समय बित्नेछ भने उद्देश्यमूलक कामलाई प्राथमिकता दिन नसकिएला। व्यापार–व्यवसाय सामान्य रूपमा चल्नेछ। नयाँ क्षेत्रमा लगानी गर्ने अवसर जुट्नेछ। आँटले चुनौतीपूर्ण कामसमेत सम्पादन हुनेछ। तर, यस महिनाको लगानी र आर्थिक कारोबारले पछिल्लो महिना समस्या निम्त्याउन सक्छ। पारिवारिक असमझदारीले दिगो योजनामा अघि बढ्न नसकिए पनि प्राप्त उपलब्धि र पहिलेको साख जोगाउन भने सकिनेछ। धन आर्जनका नयाँ स्रोत प्राप्त हुनेछन्। मिहिनेत गर्दा स्वरोजगार बन्न सफल भइनेछ। प्रतिस्पर्धीहरूले हात झिक्नाले कर्मयोगको व्यवधान स्वतः हट्नेछ। विवाद तथा द्वन्द्व सम्झौतामा टुंगिनेछ। आफ्नो अभियानमा शुभचिन्तकहरूले साथ दिनेछन्। अध्ययनमा धेरै समय दिन नसकिए पनि प्रगति हुनेछ। बुद्धिको उपयोगले अघि बढ्नेहरूलाई विशेष फाइदा हुनेछ। हिम्मत गर्दा दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। शत्रुबाधा, मुद्दामामिला वा कामका झमेलाहरूबाट मुक्ति मिल्नेछ। आर्थिक समस्या सुल्झनुका साथै भौतिक साधनहरू जुट्नेछन्। सामान्य उपलब्धिलाई गुणात्मक बनाउने चेष्टा गर्नुहोला।

The maasik rashifal ( monthly rashifal in nepali today 2077 )i.e monthly horoscope of a person is the actual position at the moon derived from place and time during the time of a person birth. also called as maasik nepali , masik rashifal , monthly rasifal , masik rashifal 2077, monthly rashifal in nepali , masik rashifal nepali , mashik rashifal , monthly horoscope in nepali , monthly rashifal nepali, मासिक राशिफल ,

Human life is entangled in these circumstances. A person from From birth till death, various situations that we face in life like growth and decline, happiness and sorrow, friend and enemy, affluence, scarcity, poverty, disease, state, esteem, children, family including all our specified actions are mobilized by the planets. we Describe the twelve rasis here in today’s horoscope like Mesh, Brish, Mithun, Karkat, Singha, Kanya, Tula, Brischik, Dhanu, Makar Kumbha and Min. bishwaghatana bhshow ghatana bishwo ghatna bishwa ghatana biswa ghatna rashifal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *