मासिक राशिफल – Monthly Rashifal
मासिक राशिफल – Monthly Rashifal
असार २०७७
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
आर्थिक लगानी र श्रम गर्नुपरे पनि महिना उत्साहवर्धक रहनेछ। असार महिना निकै लाभदायक रहनेछ। पहिलेका व्यवधान हट्नेछन् र नयाँ काम प्रारम्भ हुनेछ। तारिफयोग्य कामले पद–प्रतिष्ठा दिलाउनेछ। नोकरीमा नयाँ अवसर प्राप्त हुने बलियो सम्भावना देखिन्छ। उद्योगधन्दा फस्टाउनेछ। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। विभिन्न अवसर फेला पर्नेछन् र आर्थिक पक्ष सबल बनाउन सकिनेछ। १२ गते उप्रान्त अधिक खर्च, धनमाल हराउने, उपकरण बिग्रने, चोटपटक लाग्ने आदि व्यवधान पनि आउन सक्छन्। केही समय आफन्तबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ। प्रवासमा हुनेहरूलाई कानुनी व्यवधानले सताए पनि सम्भावनाका नयाँ ढोकाहरू खुल्नेछन्। गणेश, हनुमान र आफ्ना इष्टदेवको उपासना गर्नुहोला, फाइदा हुनेछ। व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ। मिहिनेतले नयाँ अवसर दिलाउन सक्छ। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको कामसमेत सम्पादन हुने समय छ। सामान्य कामबाट पनि मनग्य आर्जन गर्न सकिनेछ। बहुमूल्य रत्न, धातु आदि संग्रह गर्ने योग छ। कलाक्षेत्रमा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ। सामाजिक योगदानले मान–सम्मान दिलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। विलासी वस्तुका लागि धन खर्च हुन सक्छ। पढाइलेखाइमा धेरै समय जुट्न नसकिएला। शिर वा आँखाको समस्याले सताउन सक्छ। केही धनमाल हराउने वा ठगीमा परिने सम्भावना देखिएकाले सजग रहनुहोला।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
यो महिना केही चुनौतीपूर्ण देखिए पनि लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। केही व्यावहारिक उल्झनमा परिए पनि कामको नतिजाले उत्साह जगाउनेछ। हिम्मतले सफलता दिलाउनेछ। आत्मसम्मानका साथ प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। शुभचिन्तकहरूको साथ–सहयोग जुट्नेछ। व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ। धन तथा बहुमूल्य धातुहरू संग्रह गर्ने समय छ। अभिव्यक्ति–कलामा निखारता आउनुका साथै अध्ययनमा प्रगति हुनेछ। लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाले मान–सम्मान समेत दिलाउनेछ। यन्त्र, उपकरण वा विलासी वस्तुमा धन खर्च हुनेछ। यस महिनाको ग्रहयोगले स्वास्थ्यमा शिर, आँखा र दाँत सम्बन्धी समस्या देखापर्न सक्छ। गर्मी तथा मौसमी समस्याबाट पनि बच्ने उपाय अवलम्बन गर्नुहोला। स्वास्थ्यमा उच्च रक्तचाप, टाउको दुखाइ र मौसमी समस्याले सताउने हुँदा सजग रहनुहोला। प्रयत्न गर्दा सहयोगीहरूले साथ दिनेछन् र कामको बोझ हलुका हुनेछ। पहिलेका आलोचक र प्रतिद्वन्द्वीसमेत कर्मयोगका प्रेरक बन्नेछन्। प्रेम र मित्रताको बन्धन कसिनेछ। सकारात्मक चिन्तनले मनको डर इच्छाशक्तिमा रूपान्तरित हुनेछ। वस्त्र, भोजन वा उपयोगी उपहार हातलागी हुनेछ। कृषि तथा पशुधनबाट मनग्य फाइदा पुग्नेछ। आयस्रोत सबल बन्नेछ र भोगविलासमा मन रमाउनेछ। बलभन्दा बुद्धिविवेकले काम लिने चेष्टा गर्नुहोला, मिहिनेतले नाम, दाम र प्रतिष्ठा आर्जन गर्न सफल भइनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
यस महिनामा केही व्यावहारिक उतारचढाव आउन सक्छन्। उच्च महत्त्वाकांक्षाले प्रश्रय पाउने हुँदा यस महिनामा केही उतारचढाव आउनेछन्। वादविवाद, असमझदारी, आलोचना जस्ता सामाजिक विघ्नबाधासँग संघर्ष गर्नुपर्ने देखिन्छ। ज्वरो, टाउको दुखाइ तथा मौसमी समस्याले पनि सताउन सक्छ। अडान दोहोर्याउँदा सत्यका सामु शिर निहुराउनुपर्ने हुन सक्छ। १२ गतेदेखि परिस्थिति अनुकूल बन्नाले जीवनशैलीमा परिवर्तन आउनेछ। आफ्नो क्षेत्र, वर्ग र समाजलाई नेतृत्व प्रदान गर्न सकिनेछ। पहिलेका आलोचक र प्रतिद्वन्द्वीहरू नै कर्मयोगका प्रेरक बन्नेछन्। मनको डर इच्छाशक्तिमा रूपान्तरित हुनेछ। बलभन्दा बुद्धिविवेकले सफलताको उचाइमा पुर्याउन सक्छ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै नाम, दाम र प्रतिष्ठा आर्जन गर्न सकिनेछ। आयस्रोत कमजोर बन्नेछ। उठ्नुपर्ने रकम अड्किनाले अर्थ अभाव र काममा बाधा हुने देखिन्छ। आशा देखाउनेहरूको विश्वास गर्दा धोका पाइनेछ। परिस्थितिवश सञ्चित रकम खर्चनुपर्ने अवस्था आउन सक्छ। अप्ठ्यारो समयमा पनि आफन्तजन टाढा हुनेछन्। पेसा र व्यापारमा मन्दी आउनेछ, घरखर्च बढ्नेछ। नियमित काम रोकिनाले वैकल्पिक उपायबारे सोच्न बाध्य भइनेछ। शुभचिन्तकहरूको सहयोग र सद्भाव प्राप्त हुनाले महिनाको उत्तरार्धमा केही समस्या सुल्झनेछन्। स्वास्थ्यमा शिर र पाउको समस्याले सताउन सक्छ। अभावका समयमा धनमाल हराउने सम्भावना देखिएकाले सुरक्षामा सजग रहनुहोला।
The maasik rashifal ( monthly rashifal in nepali today 2077 )i.e monthly horoscope of a person is the actual position at the moon derived from place and time during the time of a person birth. also called as maasik nepali , masik rashifal , monthly rasifal , masik rashifal 2077, monthly rashifal in nepali , masik rashifal nepali , mashik rashifal , monthly horoscope in nepali , monthly rashifal nepali, मासिक राशिफल ,
Human life is entangled in these circumstances. A person from From birth till death, various situations that we face in life like growth and decline, happiness and sorrow, friend and enemy, affluence, scarcity, poverty, disease, state, esteem, children, family including all our specified actions are mobilized by the planets. we Describe the twelve rasis here in today’s horoscope like Mesh, Brish, Mithun, Karkat, Singha, Kanya, Tula, Brischik, Dhanu, Makar Kumbha and Min. bishwaghatana bhshow ghatana bishwo ghatna bishwa ghatana biswa ghatna rashifal.