समाचारसमाज

क्वारेन्टाइनतर्फ मान्छे लिएर जाँदै गरेको टिपर कर्णालीमा खस्यो, ३२ जना बेपत्ता

क्वारेन्टाइनतर्फ मान्छे लिएर जाँदै गरेको टिपर कर्णालीमा खस्यो, ३२ जना बेपत्ता

२८ जेठ २०७७ कालीकोट : कालीकोटको लालीघाट नजिकै जिते बजारबाट नेपालीलाइ लिएर रासकोटतर्फ जाँदै गरेको टिपर आज बिहान साढे १० बजे कर्णालीमा खसेको छ ।

रासकोट नरपालिकामा रहेको क्वारेन्टाइनमा मानिसहरु पुर्‍याउन गएको टिपरमा सवारमध्ये ३२ जना नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले बताएको छ ।

उनका अनुसार जितेबजारको पारीपट्टी कर्णाली र तिला नदीको संगमस्थलमा टिपर खसेको हो । नदीमा हराएकाको खोजी कार्य जारी रहेको पनि उनले बताए । उनले टिपरमा रहेका मानिसहरु भारतबाट आएका हुनसक्ने पनि बताए ।