नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुग्यो, कुन जिल्लामा कति ?
नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुग्यो, कुन जिल्लामा कति ?
९ बैशाख २०७७ काठमाडौँ: उदयपुर भुल्के मस्जिदमा रहेका १२ भारतीय सहित एक नेपालीमा कोरोना संक्रमण भएको पुष्टि भएसँगै त्यस क्षेत्र मा बसोबास गर्ने थप ११ परिवारका घरमुलीको स्वाब परीक्षणमा कोराना पोजेटिभ पाइएको छ ।
आठ जनामा पहिलो पीसीआर परीक्षणमा पोजेटिभ देखिएपछि पुन पुष्टिका लागि स्वाब धरान पठाइएकोमा उनीहरुमा दोश्रो टेस्ट पनि पोजिटिभ आएको हो। उनीहरुसंगै पठाइएका थप तिन जनाको परिक्षण पनि पोजिटिभ आए संगै नेपालमा कोरोना संक्रमित को संख्या ४२ पुगेको छ। संक्रमित मध्ये ४ जना उपचारपछि घर फर्किएका छन् भने अन्य उपचाररत व्यक्तिहरुको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
थप आशंकित र उनीहरुका परिवारका अन्य सदस्यको स्वाब पनि नेपाली सेनाले हिजो संकलन गरी सकेको छ तर नतिजा आउन बाँकी छ ।
नेपालमा अहिले सम्म फेला परेका कोरोना संक्रमितको जिल्ला र संख्या
बाग्लुङ – २
चितवन – २
कैलाली – ४
काठमाडौँ – ५
कंचनपुर – १
पर्सा – ३
रौतहट – १
उदयपुर – २४
कुल संक्रमित संख्या ४२
