Breakingअन्तरास्ट्रियकोरोनाभाइरससमाचार

अमेरिकामा मात्रै १ लाखको मृत्यु

अमेरिकामा मात्रै १ लाखको मृत्यु

१३ जेठ २०७७ काठमाण्डौ : विश्वभरमहामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड १९) संक्रमणको कारण हालसम्म विश्वभर ३ लाख ४७ हजार ८ सय ७३ जनाको मृृृृृत्यु भएको छ ।

वल्डोमिटरको तथ्यांकअनुुुुसार विश्वभर ५५ लाख ८८ हजार ३५६ जनामा कोरोना संक्रमण फैलिएको बेला अमेरिकामा हालसम्म कोरोनाको सबैभन्दा बढी असर देखिएको छ । अमेरिकामा कोरोनाको कारण ९९ हजार ८ सय ०५ जनाको ज्यान गइसकेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा १० हजार १ सय जनामा कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १६ लाख ९७ हजार जनामा कोरोना संक्रमण देखिएको छ ।

अमेरिकामा संक्रमित मध्ये १७ हजारको अवस्था गम्भीर रहेको छ । त्यसैगरि ४ लाख ५७ हजार जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । बितेको २४ घण्टामा अमेरिकामा कोरोनाको कारण ३ सय ३६ जनाको ज्यान गएको छ । यो संख्या अघिल्ला दिनहरुको तुलनामा थोरै हो ।

छिमेकी देश भारतमा कोरोना संक्रमणका कारण ४ हजार १ सय ७२ जनाको ज्यान गइसकेको छ, भने १ लाख ४४ हजार ९५० जनामा कोरोना संक्रमण देखिएको छ ।

बितेको २४ घण्टामा भारतमा ६ हजार ४ सय जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा भारतमा कोरोनाका कारण १ सय ४८ जनाको मृत्यु भएको छ ।

हालसम्म विश्वभर २३ लाख ६५ हजार ७१९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । २८ लाख ७६ हजार उपचाररत मध्ये ५३ हजार १ सय जनाको अवस्था गम्भीर रहेको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर १ हजार ८ सयभन्दा बढिको मृत्यु भएको छ । यो संख्या अघिल्लो दिनकोभन्दा थोरै हो । त्यसैगरि ६३ हजार नयाँ संक्रमित थपिएका छन् ।

संक्रमितको संख्या पनि घटेको हो । कोरोना २ सय १३ देशमा पुगिसकेको छ ।

कुन देशमा कति जनाको मृत्यु ?

इटली – ३२८७७

फ्रान्स – २८४३२

बेल्जियम – ९३१२

जर्मनी – ८४०५

टर्की – ४३६

इरान – ७४५१

मेक्सिको – ७३९४

क्यानडा – ६४५३

नेदरल्याण्ड – ५८३०

चीन – ४६३४

टर्की – ४३६९

स्विडेन – ४०२९

पेरु – ३४५६

भारत – ४१७२