कोरोना निको पार्ने भनिएको हाइड्रोक्सिक्लोरोक्विन विरामीमा प्रयोग गर्न प्रतिबन्ध

कोरोना निको पार्ने भनिएको हाइड्रोक्सिक्लोरोक्विन विरामीमा प्रयोग गर्न प्रतिबन्ध

१३ जेठ २०७७ काठमाडौं : हाइड्रोक्सिक्लोरोक्विन नामक औसधि कोरोनाको विरामीमा प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले यो औषधि कोरोनाका बिरामीलाई प्रयोग गर्न अस्थायी रुपले प्रतिबन्ध लगाएको हो ।

कोरोनासँग बच्न भनेर जहाँ हाइड्रोक्सिक्लोरोक्विन औषधि दिइएको छ, त्यहाँ मृत्युको खतरा धेरै रहेको निष्कर्षयुक्त एक अनुसन्धान रिपोर्ट हालै साइन्स जर्नल ‘ल्यासेन्ट’मा प्रकाशित भएको थियो ।

यो अध्ययन निष्कर्ष सार्वजनिक भएपछि डब्ल्यूएचओको सोलिड्यारिटी ट्रायल (डब्ल्यूएचओको निगरानीमा भइरहेको कोरोना क्लिनिकल ट्रायल)को कार्यकारी समूहको बैठक बसेको थियो । १० सदस्य देशका प्रतिनिधि रहेको यो समूहको बैठकपछि हाइड्रोक्सिक्लोरोक्विन औषधिसँग सम्बन्धित विश्वभर भइरहेको क्लिनिकल ट्रायललाई अस्थायी रुपमा रोक्ने निर्णय डब्ल्यूएचओले गरेको हो । साथै यो औषधि प्रयोग गर्दाको नतिजा पनि विश्लेषण गर्ने निर्णयसमेत भएको छ ।

हाइड्रोक्सिक्लोरोक्विन र क्लोरोक्विन औषधिको प्रयोग मलेरिया र लुपस जस्तो अटोइम्युन बिरामीमा प्रयोग गरिन्छ । तर कोरोना भाइरसको महामारी फैलिएपछि कतिपय देशमा कोरोनाका बिरामीलाई र कोरोना संक्रमण नभइसकेकालाई पनि दिइएका समाचारहरु सार्वजनिक हुँदै आएका छन् । खासगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्वजनिक रुपमै आफूले हाइड्रोक्सिक्लोरोक्विन औषधि सेवन गरिरहेको र अहिलेसम्म आफूलाई कोरोना संक्रमण नभएको भन्दै अरुलाई पनि यो औषधि सेवन गर्न सुझाव दिएका थिए ।

कोरोनाका विरामीका लागि प्रयोग गर्न मिल्ने औषधि अझै पत्ता लागेको छैन ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ