Breakingसमाचार

हवाई उडान जेठ मसान्तसम्म बन्द गर्ने सरकारको निर्णय

हवाई उडान जेठ मसान्तसम्म बन्द गर्ने सरकारको निर्णय

७ जेठ २०७७ काठमाडौं : सरकारले घरेलु तथा अन्तर्राष्टिय हवाई उडानमा लगाएको रोक आगामी जेठ मसान्तसम्म लम्ब्याउने भएको छ ।

बुधबार साझ बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले जेठ १८ सम्म रहेको हवाई उडान रोकलाई जेठ मसान्तसम्म लम्ब्याउने निर्णय गरेको हो ।

४ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई २० गतेसम्म लब्याए पनि हवाई उडानबारे निर्णय गरेको थिएन । समितिको मंगलबार बसेको बैठक पनि विदेशमा समस्यामा परेका नागरिकहरुको उद्दारबारे छलफलका लागि बोलाइएको थियो ।

हवाई उडानबारे अन्तिममा मात्र निर्णय भएको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ ।