भारतमा कोरोना संक्रमित अहिले सम्मकै उच्च आज मात्रै २९४२८ संक्रमित
भारतमा कोरोना संक्रमितअहिले सम्मकै उच्च आज मात्रै २९४२८ संक्रमित
३१ असार २०७७ २०७७ काठमाडौँ : पछिल्लो २४ घन्टामा भारतमा कोरोना संक्रमित को संख्या अहिले सम्मकै उच्च रहेको पाइएको छ। पछिल्लो २४ घन्टामा भारतमा २९ हजार ४ सय २८ संक्रमित फेला परेका छन्।
भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो बिवरण अनुसार भारतमा अहिले सम्म कुल ९ लाख ३७ हजार ४७८ जना संक्रमित फेला परेका छन्। जसमध्ये २४ हजार ३१५ जनाको मृत्यु भैसकेको छ।
मंगलबार एकै दिन भारतमा ५ सय ५० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
भारत विश्वमा उच्च कोरोना संक्रमित देशहरुको सुचिमा तेश्रो नम्बरमा रहेको छ।
हाल सम्म विश्वभर १ करोड ३४ लाख ६२ हजार ४६० जना संक्रमित फेला परेका छन् भने ७८ लाख ४६ हजार ४२७ जना उपचार पछि घर फर्किएका छन्। जसमध्ये ५ लाख ८१ हजार ३१६ जनाको मृत्यु भएको वल्डोमिटरले जनाएको छ।
