नेपालमा ९ जना कोरोना संक्रमित थपिए सँगै कुल संख्या २५८ पुग्यो

नेपालमा ९ जना कोरोना संक्रमित थपिए सँगै कुल संख्या २५८ पुग्यो

२ जेठ २०७७ काठमाडौं : थप ९ जनामा कोरोना संक्रमण पुस्टि भएको छ। शुक्रबार विहान नेपालमा ९ जना कोरोना संक्रमित भेटिएका छन् । मकवानपुरमा १ जना र बाँकेमा ८ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

बाँकेको नरैनापुर गाउँपालिका – १, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बाँकेमा नयाँ देखिएका कोरोना संक्रमित दक्षिण भारतबाट आई क्वारेन्टाइनमा बसेकाहरु हुन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरेको परीक्षणमा मकवानपुरका ३७ वर्षका पुरुषमा स‌ंक्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५८ पुगेको छ ।

बिहिबार बेलुका स्वास्थ्य मन्त्रालयले थप ३ जनामा कोरोना संक्रमण पुस्टि भएको जनाउंदै संक्रमित संख्या २४९ भएको जनाएको थियो।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ