समाचार

उदयपुरमा थप एकमा कोरोना पुष्टि, कुल संक्रमित ११०

उदयपुरमा थप एकमा कोरोना पुष्टि, कुल संक्रमित ११०

२७ वैशाख, काठमाडौं : उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्के क्षेत्रका अर्का महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या ११० पुगेको छ ।

कोशी अस्पताल विराटनगरमा गरिएको पिसिआर परीक्षणमा ४३ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेन्डेन्ट डा.संगिता मिश्राले एकजनामा संक्रमण पुष्टि भएको ल्याब परीक्षणको रिपोर्टले देखाएको बताउनुभयो । तर स्वास्थ्य मन्त्रालयबाट औपाचारिक रुपमा पुुष्टि गर्न बाँकी रहेको छ ।

प्रदेश १ मा योसँगै संक्रमितको संख्या ३५ पुगेको छ । आजै उदयपुरका तीनजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । उदयपुरमा मात्रै संक्रमितको संख्या ३२ जना पुगेको छ । तर, उपचारपछि उदयपुरका १४ जनाले स्यावस्थ्य लाभ समेत लिईसक्नु भएको छ ।
कोभिड–१० उपचार केन्द्रमा यस अगाडीका १७ सहित आज दिउँसो भर्ना गरिएका ३ गर २० जनाको उपचार भईरहेको छ ।