Breakingकोरोनाभाइरसदेशसमाचार

नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण, संक्रमित संख्या १०२ पुग्यो

संक्रमित संख्या १०२ पुग्यो

२६ वैशाख २०७७ काठमाडौं : नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गर्दा १६ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

यसघि नेपालगञ्जमा २३ जना संक्रमित फेला परेको मा आज थप एक संक्रमित फेलापरेको हो। नयाँ संक्रमित फेला परे संगै नेपालमा कोरोना संक्रमितको संख्या १०२ पुगेको छ।