भारतबाट आएको ट्रकबाट १ करोड ९ लाख भारतीय रुपैयाँ बरामद
भारतबाट आएको ट्रकबाट १ करोड ९ लाख भारतीय रुपैयाँ बरामद
२३ वैशाख २०७७ विराटनगर : विराटनगरमा भारतबाट आएको ट्रकमा राखी ल्याउँदै गरेको १ करोड ९ लाख ६९ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन् ।
विराटनगरको एकीकृत भन्सार जाँच चौकीमा भारतबाट नेपाल प्रवेश गरेको भारतीय ट्रकमा सशस्त्र प्रहरीको सीमा सुरक्षा बलले उक्त रकम बरामद गरेको हो । रकमसँगै ट्रकका चालक र सहचालक पक्राउ परेका सशस्त्र प्रहरी बलले जनाएको छ ।
रित्तो ट्रकको पछाडि बोरामा बेरेर कार्टुनमा हाली रकम ल्याएको सशस्त्र प्रहरीले जनाएको छ । रकम कसले के प्रयोजनका लागि ल्याएको हो भन्ने खुलेको छैन ।
घटनाबारे थप विवरण आउन बाँकी छ ।