Breakingअन्तरास्ट्रियकोरोनाभाइरससमाचार

चीनमा भन्दा पहिला फ्रान्समा फेला परेको थियो कोरोना भाइरस

चीनमा भन्दा पहिला फ्रान्समा फेला परेको थियो कोरोना भाइरस

२३ बैशाख २०७७ काठमाडौँ : विश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमण चीनलाई बताउंदै आइएकोमा यसको संक्रमण फ्रान्समा चीनभन्दा पहिलेनै फेला परेको तथ्य फेला परेको छ।

बिबिसीले जनाएअनुसार फ्रान्सका एक बिरामीमा यसको संक्रमण डिसेम्बर २७ मै फेला परेको पाइएको छ भने चीनमा यसको संक्रमण डिसेम्बर २९ मा मात्र पहिलो पटक फेला परेको थियो।

फ्रान्सका बिरामीको यस अघिको लक्षण पछ्याउने क्रममा डिसेम्बर २७ मा अस्पताल भर्ना हुन आएका बिरामीमा यो लक्षण देखा परेको पाइएको थियो। ति बिरामीको डिसेम्बर २७ मा लिइएको स्वाबलाइ अहिले आएर पुनः परिक्षण गर्दा कोरोना संक्रमण देखिएको पाइएको बिबिसीले जनाएको छ। अहिले ति बिरामी उपचारपछि निको भएर घर फर्किएको फ्रान्सको उक्त अस्पतालले जनाएको छ।

यो संगै चीनमा भन्दा फ्रान्समा यसको संक्रमण यस अघिनै फेलापरेकोले यो भाइरस चीनको ल्याबमा उत्पादन भएको भनेर अमेरिकाले लगाएको आरोप असत्य र कपोकल्पित भएको स्पस्ट हुन पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *