डाक्टर भनाउदा बाबुरामको असिस्ट सैली
डाक्टर भनाउदा बाबुरामको असिस्ट सैली
सन्दर्भ पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले सोमबार बिहान रेडियो नेपालमा दिएको अन्तरबार्ता को हो।
सोमबार विहान साढे ६ बजे रेडियो नेपालबाट प्रसारित ‘अन्तरसम्वाद’ कार्यक्रममा जनता समाजवादी पार्टीका नेता समेत रहेका डा. भट्टराईले प्रयोग गरेका शब्दलाई लिएर रेडिय नेपालको रेडियो प्रसार विकास समितिले माफी मागेको छ ।
डा. भट्टराईसँग समाचार महाशाखा प्रमुख डा. नवराज लम्सालले लिएको अन्तर्वार्ताका क्रममा भट्टराईले प्रधानमन्त्री ओलीलाई लक्षित गरेर ‘अपहरणकारी’, ‘भष्मासुर’, ‘हिटलर’ जस्ता शब्द प्रयोग गरेका थिए ।
माफी पत्रमा लेखिएको छ, ‘कार्यक्रम प्रत्यक्ष प्रसारण भएकाले सम्पादन गर्न नसकिएको कार्यकारी निर्देशक कार्कीको भनाइ छ ।’
संयोग
अन्तर्वार्तामा प्रयोग भएको भाषाको सन्दर्भ रेडियो नेपालमा यस्तो घट्ना दोस्रो पटक भएको हो ।
संयोगवश २०६९ डा. भट्टराई प्रधानमन्त्री भएकै बेलामा पनि झण्डै यस्तै घट्ना भएको थियो ।
त्यतिबेला कांग्रेस नेता मनमोहन भट्टराईले डा. भट्टराईलाई लक्षित गरेर प्रयोग गरेको भाषालाई लिएर सरकारले स्पष्टीकरण सोधेको थियो ।
यसले नेपाली राजनीतिमा आफुले गरेको सहि अरुले गरेको गलत देख्ने र सक्ति हुँदा जे गर्दा पनि हुन्छ भन्ने विचार राजनीतिज्ञमा रहेको पाइन्छ।