Breakingकोरोनाभाइरसदेशराजनितीसमाचार

हवाई उडान जेठ २ सम्म स्थगित गर्ने सरकारको निर्णय

हवाई उडान जेठ २ सम्म स्थगित गर्ने सरकारको निर्णय

१४ बैशाख २०७७ काठमाडौँ : सरकारले अन्तरराष्ट्रिय र आन्तरिक हवाइ उडान आगामी जेठ २ अर्थात मे १५ सम्म स्थगित गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरस संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज सिंहदरबारमा बसेको बैठकले यही वैशाख १८ गतेसम्म बन्द रहेको हवाई उडानलाई जेठ २ गतेसम्म बढाउने निर्णय गरेको बैठक पछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायण प्रसाद विडारीले जानकारी दिनुभयो ।

गत चैत्र ११ गतेदेखि मुलुकमा जारी लकडाउनको स्थितिलाई अझै समीक्षा गर्दै छिमेकी मुलुक र अन्तरराष्ट्रिय परिवेशलाई बिचार गरेर लकडाउनका विषयमा सरकारले थप निर्णय गर्ने सचिव विडारीले बताउनुभयो ।

सबैको सहयोगमा लकडाउनको अहिलेसम्मको स्थिति सफल रहेको, लकडाउनका कारण संक्रमणलाई नियन्त्रणमा लिन सकिएको र औषधि लगायत आवश्यक सामग्रीको अभाव नरहकोलगायतका विषयमा बैठकमा छलफल भएको सचिव विडारीले जनाकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *