Breakingकोरोनाभाइरससमाचार

विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ लाख नाघ्यो

विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ लाख नाघ्यो

१४ बैशाख २०७७ काठमाडौँ : बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमणका कारण मृत्यु हिउनेको संख्या २ लाख नाघेको छ।

विश्व भर आइतबार सम्म २ लाख ३ हजार २७२ जनाको मृत्यु भैसकेको वल्डोमीटरले जनाएको छ।

हाल सम्म अमेरिकामा ५४ हजार २५६ जनाको मृत्यु भएको छ भने स्पेनमा २२ हजार ९०२ जना, इटालीमा २६ हजार ३८४ जना, फ्रान्समा २२ हजार २१४ जना, जर्मनीमा ५हजर ८७७ जना, बेलायतमा २० हजार ३१९ जना, टर्कीमा २७ सय छ जना, इरानमा ५ हजार ६५०, चाइनामा ४ हजार ६३२ जना र अन्य देशमा गरि मृत्युको संख्या २ लाख ३ हजार २७२ जना पुगेको छ।

अहिलेसम्म विश्वभर २८ लाख ६८ हजार पाँच सय ३९ जना संक्रमित फेला परिसकेका छन् । सबैभन्दा बढी अमेरिकामा नौ लाख २४ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने स्पेनमा संक्रमितको संख्या दुई लाख २३ हजार नाघेको छ । इटालीमा अहिलेसम्म एक लाख ९५ हजारभन्दा धेरै संक्रमित भएका छन् ।

विश्वभर अहिलेसम्म आठ लाख ११ हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन् । जर्मनीमा अहिलेसम्म एक लाख नौ हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन् । त्यस्तै अमेरिकामा करिब एक लाख निको भएका छन् भने स्पेनमा पनि ९५ हजारभन्दा धेरै संक्रमित निको भएर घर फर्किसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *