आइतबार थप २९३ मा संक्रमण पुस्टि, काठमाडौँमा थपिए २७ जना

आइतबार थप २९३ मा संक्रमण पुस्टि, काठमाडौँमा थपिए २७ जना

२१ असार २०७७ काठमाडौँ : पछिल्लो २४ घन्टामा थप २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुस्टि भएकाहरु मध्ये २७ जना काठमाडौँमा २जना ललितपुरमा र एक जना भक्तपुरमा रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा २ सय ९३ जनामा संक्रमण देखिएको जानकारी दिएका हुन् ।

प्रवक्ता गौतमका अनुसार नेपालमा संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको बताए । क्वारेन्टाइनमा ३१ हजार ५७३ र ९ हजार २ सय ३ आइसोलेसनमा छन् ।

गएको २४ घन्टामा १ सय ३२ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म कोरोना निको हुनेको संख्या ६ हजार ५ सय ४७ पुगेको प्रवक्ता गौतमले बताए ।

जिल्लागत संक्रमितको विवरण

कन्चनपुर ३२
रौतहट २७
काठमाडौं २७
धनुषा २७
बाजुरा २०
सल्यान १५
कैलाली १४
कैलाली १३
झापा २
पाँचथर १
ताप्लेजुङ २
मोरङ २
सिराह १
महोत्तरी १२
पर्सा १
बैतडी ३
रौतहट २
सल्यान १
सर्लाही ७
मकवानपुर १
अर्घाखाँची ४
बाँके १
बर्दिया ५
नुवाकोट २
भक्तपुर १
रामेछाप २
सिन्धुपाल्चोक २
इलाम १
ललितपुर २
म्याग्दी १
धादिङ १
बागलुङ १
तनहुँ २
कास्की २
लमजुङ १
गोरखा १
कपिलवस्तु २
नवलपरासी १
प्यूठान ११
रुपन्देही २
दैलेख २
सुर्खेत १०
स्याङ्जा १
दैलेख ५
सुर्खेत २
रुकुम पश्चिम ४
डडेलधुरा ९
अछाम १
बैतडी १
डोटी ३

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ