Breakingअन्तरास्ट्रियकोरोनाभाइरस

भारतमा मे ३ सम्म थपियो लकडाउन

भारतमा मे ३ सम्म थपियो लकडाउन

२ बैशाख २०७६ काठमाडौँ : भारतमा २१ दिनदेखि जारी लकडाउन मे ३ तारिख थप गरिएको छ। भारतमा कोरोना संक्रमण तिब्र रुपमा फैलिए संगै लकडाउन थप १९ दिनका लागि थप गरिएको हो।

मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन मे ३ सम्म लम्बिएको घोषणा गरेका हुन्। सम्बोधनका क्रममा मोदीले भने आफुले समयमै लकडाउन गरेकै कारण कोरोना भाइरसको संक्रमणले भयाबह रुप लिन नसकेको बताएका छन्।

उनले अबका दिनमा लकडाउन थप कडाइका साथ् लागु गरिने बताउँदै हरेक स्थानीय तहले गरेको प्रयासको थप मुल्यांकन गरिने समेत बताएका छन।

केहि बिशेष कामका लागि लकडाउन सशर्त लागु गरिने सम्बोधनका क्रममा मोदीले बताएका छन्। यदि कसैले पाएको अनुमति उल्लङ्घन गरेमा अनुमति तत्काल खोसिने समेत जानकारी गराएका छन्।

गत चैत १२ गते देखि २१ दिनका लागि गरिएको थियो।