यूएईमा थप २ नेपालीमा कोरोना संक्रमण

यूएईमा थप २ नेपालीमा कोरोना संक्रमण

१५ चैत २०७६ युएई : यूएईमा थप २ नेपालीमा कोरोना संक्रमण भएको पुस्टि भएको छ । युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकमा २ जना नेपालीसहित ७२ जना नयाँ संक्रमित फेला परेको जनाएको छ । योसंगै युएइमा कोरोना संक्रमण पुष्टि भएका व्यक्तिको संख्या ४ सय ५ पुगेको छ ।

यसअघि दुईजना नेपाली लाइ कोरोना संक्रमण देखिएकोमा उनीहरु उपचारपछि निको भएका थिए । स्वास्थ्य भएर घर फर्किनेमा भारत र पाकिस्तानका एक–एक जना पनि छन् ।

शुक्रबार फेला परेका नयाँ संक्रमितहरुमा नेपाल सहित श्रींलका, जोर्डन, प्यालेष्टाइन, सिरिया, इरान, कोमोरोस, चीन, साउदी अरब, काजकिस्तान, सर्भिया, ग्रीस, उरुग्वे, रोमानिया, स्विेडन, दक्षिण अफ्रिका, इराक, यमन, इथोपिया, इमराती, बेलायत, पाकिस्तान, लेबनान, भारत र बंगलादेशका नागरिक रहेको यहाँका स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

संक्रमण भेटिएका सबैजना यसअघि संक्रमितसँग सम्पर्कमा रहेका व्यक्तिहरु रहेको पाइएको छ । मन्त्रालयका अुनसार संक्रमित सबै बिरामी देशका विभिन्न अस्पतालमा उपचाररत रहेको र उनीहरुको अवस्था सामान्य रहेको छ ।

युएइ सरकार द्वारा ३ दिन लकडाउनको घोषणा

यूएई सरकारले आम नागरिकको सुरक्षा सर्तकातालाई ध्यान दिदै तीन दिनका लागि लकडाउन घोषणा गरेको छ । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि राष्ट्रिय सरसफाई तथा निर्मलीकरण अभियान संचालन गरिने हुँदा लकडाउन गरिएको बताएको छ ।

मार्च २७ गते राति ८ बजेदेखि मार्च २९ गते बिहान ६ बजेसम्म लकडाउन गरिएको युएइ सरकारले जनाएको छ । खासगरी दिउँसो केही सार्वजनिक बस र ट्याक्सी सन्चालनमा छन् भने राति ८ बजेदेखि बिहान ६ बजेको समयमा कुनै पनि सार्वजनिक यातायातका साधन चल्ने छैनन् । यो अवधिमा घरमै बस्न सरकारले आम नागरिकलाई आग्रह गरेको छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ