लकडाउन अझ १५ दिन रहने प्रम ओलीको संकेत
लकडाउन अझ १५ दिन रहने प्रम ओलीको संकेत
२५ चैत २०७६ काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले राष्ट्रलाइ सम्बोधन गर्दै हुनुहुन्छ। सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रलाइ परेको जोखिम अब को समयमा उत्कर्षमा रहन सक्ने आंकलन गर्दै अझ १५ दिन सचेत रहन आग्रह गर्नु भएको छ।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले विदेश बाट नेपाल प्रवेश गर्ने नेपाली हरुलाई स्वत स्फुर्त स्वघोसणा गरेर क्वारेन्टाइनमा बसिदिन हुन अनुरोध गर्नु भएको छ।
बिगतमा नेपाल प्रवेश गर्ने नेपालीहरुले सतर्कता नअपनाएको कारण अवस्था अझ भयावह हुन सक्ने बताउनु भएको छ।
सीमा पारि रहेका नेपालीलाइ समेत भारत सरकारसंग समन्यानन गरि क्वारेन्टाइनमा राखिएको बताउनु भएको छ। हाल भारतीय सीमामा रहेका नेपाली को संख्या २१४७ रहेको छ भने नेपालको क्वारेन्टाइनमा रहेका भारतीयको संख्या करिब ७०० को संख्यामा रहेको छ।
