Breakingकोरोनाभाइरसराजनितीसमाचार

लक डाउनमा थप कडाइ गर्ने सरकारको निर्णय, एक स्थानीय तह बाट अर्कोमा जान निषेध

लक डाउनमा थप कडाइ गर्ने सरकारको निर्णय, एक स्थानीय तह बाट अर्कोमा जान निषेध

२२ चैत २०७६ काठमाडौं : कोरोना संक्रमणले नेपालमा थप असर पर्न सुरु गरेको संकेद टिए संगै सरकारले लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको शनिबार साझ बसेको आकस्मिक बैठकले लकडाउनमा कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान कुनैपनि व्यक्तिलाई नदिने निर्णय गरेको हो ।

कोरोना भाइरसको प्रकोप न्यूनीकरणका लागि सरकारले यही चैत ११ गतेदेखि लकडाउन सुरु गरेको थियो । पहिलो चरणअन्तर्गत चैत १८ गतेसम्म घोषणा गरिएको लकडाउन पुनः थप गरेर चैत २५ गते राति १२ बजेसम्मका लागि तोकिएको छ । चैत २५ पछि लकडाउन के गर्ने भन्नेबारे भने सरकारले कुनै निर्णय गरेको छैन ।

सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री युवराज खतिवडाले यसबारे आगामी मन्त्रिपरिषद् बैठकमा निर्णय हुने जानकारी दिए ।

गौरिफन्टाबाट नेपाल भित्रिएको भिंडमा थिए कैलालीका कोरोना संक्रमित

भारतबाट हजारौं प्रवासी नेपालीहरु सुदूरपश्चिम प्रदेशको नाका हुँदै नेपाल भित्रिए ।

त्यही भिडमा रहेका दुई जना नेपालीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै त्यो भिडमा रहेकाहरुमा सबै कोरोना संक्रमणको जोखिममा परेका छन् । त्यसैले ती व्यक्तिहरुको खोजीमा प्रहरी प्रशासन जुटेको छ ।

स्वास्थ्य मन्त्रालयले शनिबार कञ्चनपुरका ४१ वर्षीय पुरुष, कैलालीका २१ वर्षीय युवक र कैलालीकै ४३ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको थियो ।

भारतको मुम्बईबाट आएका २१ वर्षीय युवक चैत १३ गते कैलालीको गौरीफन्टा नाका हुँदै नेपाल भित्रिएका थिए । यसैगरी उत्तराखण्डबाट आएका कञ्चनपुरका ४१ वर्षीय व्यक्ति चैत १३ गते कञ्चनपुरको गड्डाचौकी नाका हुँदै नेपाल भित्रिएका थिए । २१ वर्षीय युवक कैलालीको प्रतापपुरका र ४१ वर्षीय पुरुष कञ्चनपुरको बेदकोटका बासिन्दा हुन् । ती तिनैजनाको उपचार कैलालीस्थित सेती प्रादेशिक अस्पतालमा भइरहेको र सबैको अवस्था सामान्य रहेको अस्पतालका प्रवक्ता डा. जगदीश जोशीले जानकारी दिए ।

नेपालमा कोरोना संक्रमित भित्रिन नदिने उद्देश्यले चैत १० गतेदेखि सबै सीमा नाकाहरु बन्द गराउने निर्णय संघीय सरकारले गरेको थियो । तर, रोजगारीका लागि भारत गएकाहरु हजारौंको संख्यामा सीमामा अलपत्र परेपछि स्थानीय प्रशासनको समन्वयमा गड्डाचौकी र गौरीफन्टा नाकाबाट उद्धार गरेर उनीहरुकै घरसम्म पुर्‍याउने व्यवस्था मिलाएको थियो ।

नेपाल–भारत सीमा बन्द हुँदा गौरीफन्टा नाकामा २८ घण्टा रोकिएका ९ सय ९८ जना नेपालीहरुको भीडमा कैलालीका तिनै २१ वर्षीय युवक थिए, जसमा कोरोना संक्रमण पुष्टि भएको औपचारिक जानकारी सरकारले शनिबार दिएको छ ।

स्रोतका अनुसार उनी चैत १२ गते राति १० बजे त्यहाँबाट बस चढेर १३ गते लम्कीचुहा नगरपालिका–९ प्रतापपुरस्थित घरमा पुगेका थिए । संघीय सरकारले नाकाबन्दी गरिसकेपछि सीमा क्षेत्रमा अलपत्र नेपालीहरुलाई २१ वटा बसको व्यवस्था गरी सम्बन्धित जिल्लामा पठाइएको थियो । संक्रमितसँगै रहेका सबैलाई घर पठाइएको बसमा को–को थिए भन्नेबारे प्रहरीले अनुसन्धान थालेको छ ।

यसैगरी अर्का कञ्चनपुरको बेदकोटमा फेला परेका संक्रमित भारतको उत्तराखण्डबाट चैत १३ गते कञ्चनपुरको गड्डाचौकी नाका हुँदै घर पुगेका थिए । उनी पनि भारतबाट नेपाल भित्रिने सयौं नेपालीको भीडमा थिए ।

दुवै जना सयौंको संख्याको भीडमा रहेकाले अरुलाई पनि कोरोना सरेको हुनसक्ने आशंका गरिएको छ । भारतबाट आएका केही व्यक्तिहरु सम्बन्धित तहमा बनाइएका क्वारेन्टाइनमा रहे पनि अधिकांश भने घरमै छन् ।

गत फागुन २२ गतेदेखि कञ्चनपुरको गड्डाचौकी नाकाबाट ६७ हजारभन्दा बढी र कैलालीको गौरीफन्टा नाकाबाट ४२ हजार ५६ जना भित्रिएका थिए । उनीहरुमध्ये अधिकांस क्वारेन्टाइनमा छैनन् ।

कञ्चनपुर र कैलालीका पछिल्ला तीन नमूना परीक्षण रिपोर्ट पोजेटिभ आएपछि कोरोना संक्रमित नेपालीहरुको संख्या ९ पुगेको छ । यसअघि कैलालीमै दुबईबाट आएका चौथो संक्रमित व्यक्ति छन् । उनैबाट कैलालीकी ४१ वर्षीया महिलामा कोरोना भाइरस सरेको थियो । एक व्यक्तिबाट अर्को व्यक्तिमा सरेको यो घटना नेपालका लागि पहिलो हो ।

यसैगरी बागलुङमा २, काठमाडौंमा २ र धादिङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंका पहिलो संक्रमित व्यक्ति भने उपचारपछि निको भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *