एउटै जहाजमा नेपाल आएका ३ जनामा कोरोना भेटियो
एउटै जहाजमा नेपाल आएका ३ जनामा कोरोना भेटियो
२० चैत २०७६ काठमाडौं : नेपालको छैटौं कोरोना संक्रमित फेला परेको छ। संक्रमित महिला रहेको र उनि पनि बागलुङकी भएको खुलेको छ । यस अघि पाँचौ संक्रमित पनि बागलुङकै रहेकी थिइन।
बिहीबार कोरोना संक्रमणको नतिजा आएकोमा ६५ बर्षीय बृद्धामा पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पुष्टि गरे ।
उनी नेपालको दोस्रो कोरोना संक्रमित काठमाडौंकी १९ वर्षकी युवती आएकै कतार एयरवेजको क्युआर ६५२ मै चैत ४ गते नेपाल आएकी थिइन् । उक्त जहाजमा आउने तीन जनामा नेपालमा कोरोना संक्रमण पुष्टि भएको छ ।
बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवकोटाले नेपालमा छैटौं कोरोना संक्रमित भेटिएको जानकारी गराएका थिए ।
अहिलेसम्म घरमै बसेकी उनलाई अस्पताल ल्याउने तयारी भइरहेको चिकित्सकहरुले बताएका छन् ।
नेपालमा हाल सम्म छ जनामा कोरोना संक्रमण भेटिएकोमा एक जना पुअचर पछि घर फर्किएका छन् भने अन्य ५ जना उपचाररत रहेको र ४ जनाको स्वास्थ्य सुधारोन्मुख रहेको छ।
