अन्तरास्ट्रियमनोरंजनसमाचार

चर्चित हलिऊड अभिनेता एन्ड्रयु ज्याकको कोरोनाले मृत्यु

चर्चित हलिऊड अभिनेता एन्ड्रयु ज्याकको कोरोनाले मृत्यु

१९ चैत २०७६ काठमाडौँ : कोरोना भाइरसको संक्रमणले हलिऊड अभिनेता एन्ड्रयु ज्याकको मृत्यु भएको छ । स्टार वार्समा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका ज्याकको बेलायतस्थित सर्रे अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

बेलायतको सर्रेस्थित एक अस्पतालमा उपचारार्थ ७५ वर्षीय ज्याकको मंगलबार मृत्यु भएको हो । अष्ट्रेलियामा क्वारेन्टाइनमा बस्नुभएकि ज्याककि श्रीमति गैब्रिएला रोजर्सले ज्याकको मृत्युको पुष्टि गर्नुभयो ।

लण्डनस्थित एक अस्पतालमा दुई दिनअघि उहाँमा कोभिड–१९ संक्रमणको पुष्टि भएको थियो । रोजर्सले ज्याक कुनै पनि पीडा महसुस नगरि शान्तिपूर्णरुपमा मृत्युवरण गरेको खुलाउनुभयो ।