एसईई परीक्षा बिहिवारबाट,परीक्षा केन्द्रमा परीक्षार्थीलाई नछुन निर्देशन
एसईई परीक्षा बिहिवारबाट,परीक्षा केन्द्रमा परीक्षार्थीलाई नछुन निर्देशन
४ चैत्र २०७६ काठमाडौँ: एसईई परीक्षा यही चैत्र ५ बिहिवारबाट सुरु हुँदै छ । विश्वभर फैलिरहेको कोरोनाभाइरसको संक्रमणलाई मध्य नजर गर्दै उच्च सतर्कता अपनाएको छ । यो चोटी उच्च सतर्कता अपनादै एसइईमा सामेल हुने विद्यार्थीलाई परिक्षा केन्द्रमा कसैले छुन नपाउने भएका छन्।
परीक्षा केन्द्रमा आउने परीक्षार्थीलाई परीक्षा हलमा प्रवेश गर्नुअघि साबुनपानीले हात धुन लगाएर वा सेनिटाइजर प्रयोग गर्न लगाउन पनि केन्द्राध्यक्षलाई निर्देशन दिइएको छ।
प्रत्येक परीक्षा केन्द्रमा एकजना स्वास्थ्यकर्मी आवश्यक उपकरण र औषधी सहित राखिने र शंका लागेका परीक्षार्थीलाई बेग्लै कोठामा राखेर परीक्षा दिन लगाउने तयारी गरिएको छ ।
कक्षा १ देखि कक्षा ९ सम्मको परीक्षा चैत्र ५ गतेसम्म सक्नका लागि आह्वान गरेको सरकारले कक्षा १० एसईईको परीक्षा निर्धारित तालिका अनुसारनै हुने जनाउदै परीक्षाकेन्द्र निर्देशन दिएको छ ।
कोरोना भाइरसको सन्त्रास सन्सारभर फैलिरहेको बेलामा एसईईको परीक्षा के हुन्छ भन्ने चासो भैरहेका बेलामा परीक्षा नियत्रण कार्यालयले परीक्षा तोकिएकै तालिका अनुसार चैत्र ६ गते बिहिवारबाट शुरु हुने जनाएको हो ।
सरकार आफैंले भीडभाडमा नजान सर्वसाधारणलाई आग्रह गरिरहेको अवस्थामा कक्षा १० को परीक्षा रोक्नुपर्ने माग समेत भैरहेपनि कोरोना भाइरसका बिरामी नेपालमा नदेखिएको अवस्थामा परीक्षा स्थगित गर्नुपर्ने अवस्था नआएको पनि कार्यालयले जनाएको छ ।
परीक्षामा काठमाण्डौबाट सबैभन्दा बढी र मनाङबाट सबैभन्दा कम परीक्षार्थी परीक्षामा सहभागी हुँदैछन् ।
परीक्षा नियन्त्रक रामराज खकुरेलले विद्यार्थीहरुले समेत परीक्षामा सहभागी हुँदा सावधानी अपनाउनुपर्ने बताउनुभएको छ । भाइरसबाट जोगिनका लागि सावधानी अपनाउँदै निश्चिन्त भएर परीक्षामा सहभागी हुन परीक्षा नियन्त्रण कार्यालयले परीक्षार्थीलाई आग्रह गरेको छ ।
परीक्षामा ४ लाख ८२ हजार ७ सय ७ जना परीक्षार्थी सहभागी हुँदैछन् । यी परीक्षार्थीका लागि मुलुकभर १ हजार ९ सय ९५ परीक्षा केन्द्र र सोही अनुसारको जनशक्ति परिचालन गर्ने तयारी कार्यालयको छ ।
विश्वभरि ४००० हजार भन्दा बढी कोरोनाको संक्रमणका कारण मृतु भईसकेको छ ।
