बि डिभिजन लिग: श्रीकुमारी बिरुद्ध खुमलटारको फराकिलो जीत
बि डिभिजन लिग: श्रीकुमारी बिरुद्ध खुमलटारको फराकिलो जीत
३ चैत्र २०७६ काठमाडौँ: बी डिभिजन लिग अन्ररगत सोमबार भएको पहिलो खेलमा खुमलटार युथ क्लबले फराकिलो जित निकालेको छ। श्रीकुमारी क्लब बिरुद्ध भएको खेलमा खुमलटारले ३-१ गोल अन्तरले जित निकालेको हो।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आज भएको पहिलो खेलमा खुमलटार क्लब सुरुवातदेखीनै श्रीकुमारी बिरुद्ध हावी हुन पुगेको थियो।
खुमलटार युथ क्लबका लागि ह्याटि्रक गोल गर्दै क्याप्टेन सबिन केसीले उत्कृष्ट प्रदर्शन गरेका थिए भने श्रीकुमारी क्लबले खुमलटार युथ क्लबलाइ १ गोल मात्र फर्काउन सफल भयेको थियो । मिशन लामाले श्रीकुमारी क्लबका लागि सान्त्वना गोल गरेका थिए ।
श्रीकुमारी क्लब बी डिभिजन लिगको दशौं स्थानमा रहेको छ । श्रीकुमारी क्लबले ५ खेल मध्य १ मा जित र ४ खेलमा हारको नजिता निकाल्दै ३ अंक जोड्दै दशौं स्थानमा रहेको छ । खुमलटार युथ क्लब अंक तालिकाको दोस्रो
स्थानमा रहेको छ । खुमलटार युथ क्लबले ५ खेल मध्य ४ मा जित र १ खेल बराबरि खेलेको छ ।खुमलटार
अबको दोस्रो खेल श्री भगवती क्लब र टुसाल युथ क्लब खेल ३:३० बजे देखि हुँदै छ ।
श्रीकुमारी क्लब बी डिभिजन लिगको दशौं स्थानमा रहेको छ । श्रीकुमारी क्लबले ४ खेल मध्ये १ मा जित र ३ खेलमा हारको नजिता निकाल्दै ३ अंक जोड्दै दशौं स्थानमा रहेको छ । खुमलटार युथ क्लब अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । खुमलटार युथ क्लबले ४ खेल मध्य ३ मा जित र १ खेल बराबरि खेलेको छ ।
श्रीकुमारी भगवती क्लबको बी डिभिजन लिगको नवौं स्थानमा रहेको छ । श्रीकुमारी भगवती क्लबले ४ खेल मध्य १ खेलमा जित १ खेल ड्र ३ खेलमा पराजित भएको छ ।
टुसाल युथ क्लब बी डिभिजन लिगमा ७ अंक सहित छैठौ स्थानमा रहेको छ । टुसाल युथ क्लबले ४ खेल मध्य २ खेलमा जित १ खेल ड्र र १ खेलमा पराजित हुँदै बी डिभिजन लिगको छैठौं स्थानमा रहेको छ ।
ब्वाइज युनियन क्लब,श्री भगवती क्लब, टुसाल क्लब,खुमलटार युथ क्लब,नयाँबस्ती युवा क्लब,झम्सिखेल युथ क्लब,रानीपोखरी कर्नर टिम, सातदोबाटो युथ क्लब, मध्यपुर युथ एसोसिएसन, पुल्चोक स्पोर्टस क्लब,बाँसबारी क्लब र श्रीकुमारी क्लब गरी सहिद स्मारक बि डिभिजन लिगमा १२ जना टीमले सहभगिता जनाएका छन् । १२ जना टीमले सहभगिता जनाएको लिगमा ६६ वटा खेलहरु हुनेछ ।
सहभगिता मध्ये विजेताले टोलीले १५ लाख, उपविजेताले ८ लाख, तेस्रो हुनेले पाँच लाख र चौथो हुनेले तीन लाख रुपैयाँ पुरस्कार पाउने छ । बी डिभिजन लिग खेल्ने टिमलाई एन्फाले तयारी स्वरुप प्रति क्लब १० लाख रुपैयाँ प्रदान गरेको छ।