अन्तरास्ट्रियसमाचारस्वास्थ्य

दिल्लीका सबै फिल्म हल बन्द

२९ फागुन २०७६ भारत : विश्वभर कोरोना संक्रमणले महामारीको रुप लिएपछि दिल्ली सरकारले सबै फिल्म हल एक महिनाका लागि बन्द गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन भन्दै मुख्यमन्त्री अरविन्द केजरीवालले ३१ मार्चसम्मका लागि सबै फिल्म हल बन्द गर्ने निर्णय गरेका हुन् ।

यसअघि केन्द्र सरकारले १५ अप्रिलसम्म सबै पर्यटक भिसा निलम्बन गर्ने निर्णय लिएको थियो ।

बिहिबार मात्र भारतमा कोरना संक्रमण भएका एक जनाको मृत्यु भएको थियो।