बि डिभिजन लिगमा आज दुई खेल हुँदै, अंक तालिका सहित
बि डिभिजन लिगमा आज दुई खेल हुँदै, अंक तालिका सहित
३ चैत्र २०७६ काठमाडौँ: बी डिभिजन लिगमा आज दुई खेलहरु हुँदै छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आज हुने बी डिभिजन लिगको पहिलो खेलमा श्रीकुमारी क्लबले खुमलटार युथ क्लबको सामना गर्दै छ भने दोस्रो खेलमा श्री भगवती क्लबले टुसाल युथ क्लब को सामना गर्ने छ ।
श्रीकुमारी क्लब र खुमलटार युथ क्लब खेल १२:३० देखि हुँदै छ भने श्री भगवती क्लब र टुसाल युथ क्लब खेल ३:३० बजे देखि हुँदै छ ।
श्रीकुमारी क्लब बी डिभिजन लिगको दशौं स्थानमा रहेको छ । श्रीकुमारी क्लबले ४ खेल मध्ये १ मा जित र ३ खेलमा हारको नजिता निकाल्दै ३ अंक जोड्दै दशौं स्थानमा रहेको छ । खुमलटार युथ क्लब अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । खुमलटार युथ क्लबले ४ खेल मध्य ३ मा जित र १ खेल बराबरि खेलेको छ ।
श्रीकुमारी भगवती क्लबको बी डिभिजन लिगको नवौं स्थानमा रहेको छ । श्रीकुमारी भगवती क्लबले ४ खेल मध्य १ खेलमा जित १ खेल ड्र ३ खेलमा पराजित भएको छ ।
टुसाल युथ क्लब बी डिभिजन लिगमा ७ अंक सहित छैठौ स्थानमा रहेको छ । टुसाल युथ क्लबले ४ खेल मध्य २ खेलमा जित १ खेल ड्र र १ खेलमा पराजित हुँदै बी डिभिजन लिगको छैठौं स्थानमा रहेको छ ।
ब्वाइज युनियन क्लब,श्री भगवती क्लब, टुसाल क्लब,खुमलटार युथ क्लब,नयाँबस्ती युवा क्लब,झम्सिखेल युथ क्लब,रानीपोखरी कर्नर टिम, सातदोबाटो युथ क्लब, मध्यपुर युथ एसोसिएसन, पुल्चोक स्पोर्टस क्लब,बाँसबारी क्लब र श्रीकुमारी क्लब गरी सहिद स्मारक बि डिभिजन लिगमा १२ जना टीमले सहभगिता जनाएका छन् । १२ जना टीमले सहभगिता जनाएको लिगमा ६६ वटा खेलहरु हुनेछ ।
सहभगिता मध्ये विजेताले टोलीले १५ लाख, उपविजेताले ८ लाख, तेस्रो हुनेले पाँच लाख र चौथो हुनेले तीन लाख रुपैयाँ पुरस्कार पाउने छ । बी डिभिजन लिग खेल्ने टिमलाई एन्फाले तयारी स्वरुप प्रति क्लब १० लाख रुपैयाँ प्रदान गरेको छ।
