खेलकुदफुटबल

अब खेलाडीले ‘ह्याण्ड शेक’ गर्न नपाउने

अब खेलाडीले ‘ह्याण्ड शेक’ गर्न नपाउने

२३ फागुन २०७६: अब इंगलिस प्रिमियर लिगको खेलमा खेलाडीहरुले एक अर्का सँग ह्याण्ड शेक नपाउने भएका छन् । कोरोना भाइरसको समक्ररणनलाई मध्ये नजर गर्दै इंगलिस प्रिमियर लिगको खेलमा ह्याण्ड शेक प्रतिबन्ध लगाएको छ ।

खेल सुरु हुनुअघि दुई टिमबीच हुने फेयर प्ले ह्याण्ड शेक अर्को सूचना नभएसम्म खेलाडी र म्याच अफिसलले ह्याण्ड शेक गर्न नपाउने भएका छन् ।

बोल्दा, हाच्छँयु गर्दा वा खोक्दा मुखबाट निस्कने थुक र र्‍यालको छिटा हातसम्म पुग्ने र ह्याण्डशेक गर्दा सङ्क्रमण सर्ने जाेखिम हुन्छ भन्दै ह्याण्ड शेक गर्ने प्रतिबन्ध लगाएको छ।