कोरोनाका कारण ईपिएल खेल स्थगित
कोरोनाका कारण ईपिएल खेल स्थगित
२२ फागुन २०७६ काठमाडौँ : विश्वभरका बहु चर्चित खेलाडीलाइ सामेल गरेर नेपालमा खेलाइने तय भएको बहुप्रतिक्षित क्रिकेट प्रतियोगिता कोरोना भाइरस संक्रमणका कारण स्थगित भएको छ ।
ईपिएलले भरखरै मात्र सार्वजनिक सूचना जारि गर्दै खेल स्थगित भएको जानकारी गराएको छ । अमिर अख्तरले कोरोना भाइरसका कारण ईपिएल स्थगित भएको जानकारी दिएको एपिएलले प्रेस बिज्ञप्ति मा जनाएको छ।
उसले भनेको छ, ‘ हामीले दुखका साथ् भन्नु परेको छ कि हामीले अहिले सिर्जित बिश्वब्यापी समस्याका कारण बहुप्रतिक्षित एपिएल खेल स्थगित गर्नु परेको छ। नेपाल सरकारले हालै मात्र कुनै पनि भिडभाड हुने कार्य तत्कालका लागि स्थगित गर्नु भन्ने सूचना प्रकाशित गरे संगै सरकारले जना स्वास्थ्यलाइ विचार गरेर जारि गरेको सूचनाका आधारमा हामीले यो खेल केहि समयका लागि स्थगित गरेका हौँ।’
एपिएलले खेल कहिले हुने भन्ने उल्लेख नगरे पनि अवस्था सामान्य भए संगै २०२० भित्र यो क्रिकेटको महाकुम्भ आयोजना गर्ने बचन बद्धता समेत ब्यक्त गरेको छ।
