खेलकुदफुटबल

बि डिभिजन लिग: टुसालको सानदार जित

२२ फागुन २०७६ काठमाडौँ: सहिद स्मारक बी डिभिजन लिगमा आज पनि एक खेल मात्र भएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आज भएको बी डिभिजन लिगको एक मात्र खेलमा टुसाल क्लबले झम्सिखेल युथ क्लबको सामना गरेको छ ।

भखरै सम्पन्न भएको खेलमा टुसाल क्लबले झम्सिखेल युथ क्लबलाइ ५-० गोलले पराजित गरेको हो ।

पहिलो हाफ दुबै टोलिले गोल रहित बराबरि खेलेपनि दोस्रो हाफमा अफ्नो खेल्ने शैली परिवरतन गर्दै टुसालले जित दर्ता गरेको हो।

टृुसालको जितमा मोहित र एलोन राइले महतोपुर्ण २ गोल गरेका छन।

दोस्रो हाफको ४७ औ मिनेटमा मोहितले टुसालका लागि गोल गर्दै तुसाललाइ १-० अग्रता दिलाउछन । त्यसतै दोस्रो गोल खेलको ७५ औ मिनेटमा भुपेन्द्र साहीले गरर्छन् भने तेस्रो गोल ७९ औ मिनेटमा एलोन राइले गर्छन्।

खेलको ८५ औ मिनेटमा मोहितले अफ्नो दोस्रो गोल गर्दै टूसालाई ४-० को अग्रता दिलाउन सफल हुन्छन ।

त्यसपछि खेलको इन्जुरी समयमा एलोन राइले गोल गर्छन र टुसालले ५-० को जित दर्ता गर्छ ।
टुसाल क्लब ६ अंक सहित चौथो स्थानमा रहेको छ भने झम्सिखेल युथ क्लब १ अंक सहित दशौ स्थानमा रहेको छ । दुवै टोलीले समान तिन- तिन खेल खेलेका छन् ।

ब्वाइज युनियन क्लब,श्री भगवती क्लब, टुसाल क्लब,खुमलटार युथ क्लब,नयाँबस्ती युवा क्लब,झम्सिखेल युथ क्लब,रानीपोखरी कर्नर टिम, सातदोबाटो युथ क्लब, मध्यपुर युथ एसोसिएसन, पुल्चोक स्पोर्टस क्लब,बाँसबारी क्लब र श्रीकुमारी क्लब गरी सहिद स्मारक बि डिभिजन लिगमा १२ जना टीमले सहभगिता जनाएका छन् । १२ जना टीमले सहभगिता जनाएको लिगमा ६६ वटा खेलहरु हुनेछ ।

सहभगिता मध्ये विजेताले टोलीले १५ लाख, उपविजेताले ८ लाख, तेस्रो हुनेले पाँच लाख र चौथो हुनेले तीन लाख रुपैयाँ पुरस्कार पाउने छ । बी डिभिजन लिग खेल्ने टिमलाई एन्फाले तयारी स्वरुप प्रति क्लब १० लाख रुपैयाँ प्रदान गरेको छ।