ईपिएल 2020: ड्वेन स्मिथ आवद्ध टिमको खेल र खेलाडी सम्धित सम्पूर्ण जानकारी
ईपिएल 2020: ड्वेन स्मिथ आवद्ध टिमको खेल र खेलाडी सम्धित सम्पूर्ण जानकारी
१९ फागुन २०७६ काठमाडौँ: एभरेष्ट प्रिमियर लिग(ईपिएल)काठमाडौँमा यही चैत्र १ देखि सुरु हुँदै छ । एभरेष्ट प्रिमियर लिग(ईपिएल)ले जारि गरेको खेल तालिका अनुसार पहिलो खेलमा साबिक विजेता ललितपुर पेट्रिएट्स र पोखरा भिड्ने छन् । एभरेष्ट प्रिमियर लिग(ईपिएल)को फाइनल खेल चैत्र १५ हुने छ ।
ईपीएल टी २० मा ६ फ्रेन्चाइज टोलीमा काठमाडौँ किङ्ग्स इलाभेन, ललितपुर प्याट्रीयट्स, चितवन टाइगर्स, पोखरा राइनोज, विराटनगर वारिवर्स र भैरहवा ग्लाडीयटर्स प्रतिस्पर्धा गर्नेछन् । सिंगल राउण्ड रबिन र नक-आउट चरणमा हुने प्रतियोगितामा जम्मा १९ वटा खेल हुनेछन्।
अल राउणदर शरद भेसावकरको कप्तानीमा रहेको भैरहवा ग्ल्याडीएटरले हिजो भखरै तिन जना विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छ । हिजो भखरै सार्वजनिक गरेको तिन जना विदेशी खेलाडीहरु बिलाल खान,जीवन मेनडिस र मिनीन्डा सिर्वादना रहेका छन्।ड्वेन स्मिथ(वेस्टइन्डिज) बिलाल खान(ओमान),जीवन मेनडिस(श्रीलंका) र मिनीन्डा सिर्वादना((श्रीलंका) चार जना विदेशी खेलाडी भैरहवा ग्ल्याडीएटर रहेका छन् ।
भैरहवा ग्ल्याडीएटर :
रिलिज गरिएको खेलाडी – प्रकाश केसी र भुपेन्द्र थापा
अनुबन्ध गरेको खेलाडी – हिमांशु दत्ता ( ५५ हजार ), विकास आग्री ( ५० हजार )
भैरहवा ग्ल्याडीएटर टिम : शरद भेसावकर, प्रदिप ऐरी, आरिफ शेख, कृष्ण कार्की, भुवन कार्की, दिपेश श्रेष्ठ, रोहित पौडेल, हरि शंकर शाह, अविनाश बोहरा, कुशल मल्ल, विकास आग्री, हिमांशु दत्ता
विदेश खलाडीहरु : ड्वेन स्मिथ, बिलाल खान,जीवन मेनडिस र मिनीन्डा सिर्वादना रहेका छन् ।
टिम कोच : पुबुदु दासानायके
भैरहवा ग्ल्याडीएटरको खेल तालिका
२ चैत्र:भैरहवा ग्ल्याडीएटर बिरुद्ध काठमाडौँ किङ्ग्स इलाभेन:दिउसो २ बजे ( आइतबार)
४ चैत्र:भैरहवा ग्ल्याडीएटर बिरुद्ध पोखरा राइनोज: बिहान १० बजे (मगलबार)
५ चैत्र:भैरहवा ग्ल्याडीएटर बिरुद्ध विराटनगर वारिवर्स: दिउसो न २ बजे (बुधबार)
७ चैत्र:ललितपुर प्याट्रीयट्स बिरुद्ध भैरहवा ग्ल्याडीएटर: दिउसो न २ बजे(शुक्रबार )
८ चैत्र:चितवन टाइगर्स बिरुद्ध भैरहवा ग्ल्याडीएटर: दिउसो न २ बजे(सनिबार)
