क्रिकेटखेलकुद

एसीसी टि-२०: हङकङ सामु नेपालको लज्जास्पद हार

एसीसी टि-२०: हङकङ सामु नेपालको लज्जास्पद हार

१८ फागुन २०७६ : थाइल्याण्डको बैंककमा जारि एसीसी इस्टर्न रिजन टि२० क्रिकेट प्रतियोगितामा नेपालले हङकङसामु हार बेहोरेको छ। आइतबार हङकहङसँग भएको खेलमा नेपाल ४४ रनले पराजित हुन पुगेको छ ।

नेपालले टस जितेर पहिले फ़िल्डिङ्ग गर्ने निर्णय गरेका हुन् । ब्याटिंगको निम्तो पाएको हङकङले २० ओभरको समातिम १५४ रन जोड्न सफल भएको थियो । १५५ रनको लक्ष्य पाएको नेपाल १८.१ ओभरमा १११ रन बनाएर अल आउट भयो । नेपलको लागि सर्वाधिक रन कप्तान मल्ले बनाएका छन् । उनले ४३ बलमा ४६ रन बनाएका थिए ।

अब नेपलले तेस्रो खेल फागुन २१ मा थाईल्यान्ड बिरुद्ध खेल्ने छ र फागुन २३ मा सिंगापुर विरुद्ध खेल्ने छ । प्रतियोगिताका शीर्ष दुई टोलीले एसिया कप छनोटमा स्थान बनाउने छन्।

ईस्टर्न र वेस्टन रिजनबाट छनोट भएर आउने शीर्ष दुई दुई टोली गरी चार टिमले अगष्टमा मलेसियामा एसिया टि ट्वान्टी क्वालिफयार खेल्ने छन् । जसको विजेताले सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया टि ट्वान्टी कप प्रतियोगितामा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानसँग खेल्न पाउने छ ।

नेपालको प्लेइङ ११ :

ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्र सिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, आरिफ शेख, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहरा, कुशल मल्ल, सुशन भारी र पवन सरार्फ ।