हङकहङले नेपाललाई दियो १५५ रनको लक्ष्य
हङकहङले नेपाललाई दियो १५५ रनको लक्ष्य
१८ फागुन २०७६ काठमाडौँ: एसिसि इस्टर्नको रिजनको टी -२० खेलमा हङकहङले नेपाललाई दियो १५५ रनको लक्ष्य । नेपालले टस जितेर पहिले फ़िल्दिङ् गर्ने निर्णय गरेका हुन् । ब्याटिंगको निम्तो पाएको हङकहङले २० ओभरको समातिम १५४ रन जोड्न सफल भएको थियो ।
हङकहङ बिरुद्ध नेपालले चौथो सफलता हात पारेको छ । नेपालको लागि सन्दिप र सुशान भरिले २ दुइ विकेट लिए भने कुशल मलले एक विकेट लिएका छन् । एक विकेट भने रन आउट मार्फत आएको थियो । हङकहङ बिरुद्ध नेपालले पहिले फ़िल्दिङ् गर्ने भएको छ । कप्तान मल्ले टस जितेर पहिले फ़िल्दिङ् गर्ने निर्णय गरेका हुन् ।
एसिसि इस्टर्नको रिजनको खेलमा आज नेपालले बिरुद्ध हङकहङ खेल्दै छ । नेपाल र हङकहङको खेल बिहान ८ :१५ बजे देखि सुरु हुँदै छ । पहिलो खेल मलेसियासँग २२ रनले पराजित भएको नेपललाई जित्ने पर्ने दबाब छ ।
नेपालले दोस्रो खेल फागुन १८ मा आज हङकङ विरुद्ध खेल्ने छ । त्यस्तै तेस्रो खेल फागुन २१ मा थाईल्यान्ड बिरुद्ध खेल्ने छ र फागुन २३ मा सिंगापुर विरुद्ध खेल्ने छ । प्रतियोगिताका शीर्ष दुई टोलीले एसिया कप छनोटमा स्थान बनाउने छन्।
ईस्टर्न र वेस्टन रिजनबाट छनोट भएर आउने शीर्ष दुई दुई टोली गरी चार टिमले अगष्टमा मलेसियामा एसिया टि ट्वान्टी क्वालिफयार खेल्ने छन् । जसको विजेताले सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया टि ट्वान्टी कप प्रतियोगितामा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानसँग खेल्न पाउने छ ।
नेपालको प्लेइङ ११ :
ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्र सिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, आरिफ शेख, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहरा, कुशल मल्ल, सुशन भारी र पवन सरार्फ ।


