राजनितीसमाचार

संविधान संसोधन तत्काल आवश्यक छैन : अध्यक्ष तिमिल्सिना

संविधान संसोधन तत्काल आवश्यक छैन : अध्यक्ष तिमिल्सिना

१८ फागुन २०७६ पर्वत : राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान संसोधन तत्कालका लागि आवश्यक नरहेको बताउनुभएको छ ।

पर्वतको कुश्मा नगरपालिका १० पिपलटारीमा रहेको पूर्णेश्वर माविको स्वर्ण महोत्सवको समापन कार्यक्रममा बोल्दै तिमिल्सिनाले संविधान आवश्यकता र औचित्यका आधारमा संसोधन गर्न सकिने भएपनि तत्काललाई संसोधन गर्नुपर्ने आवश्यकता नरहेको बताउनुभएको हो ।

नेकपा भित्र राष्ट्रियसभा सदस्यमा मनोनयन गर्ने बारेमा संविधान संसोधनको चर्चा चलेको बताउँदै तिमिल्सिनाले एकजना व्याक्तिका लागि संविधान संसोधन गर्न नहुने जिकिर गर्नुभयो ।

सत्तारुढ नेकपाको सचिबालय बैठकले पार्टी उपाध्यक्ष बामदेब गौतमलाई राष्ट्रियसभा सदस्यमा रिक्त स्थानमा मनोनयन गर्ने निर्णय गरेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले असहमति जनाएपछि बिबाद हुँदै आएको छ ।

अध्यक्ष तिमिल्सिनाले अहिले बहुमतको सरकार परिर्वतन गर्नेसम्मका हल्ला चलेको प्रति आक्रोश पोख्दै नेपालमा जहिले पनि बहुमतका सरकारलाई काम गर्न नदिने र अस्थिरता मच्चाउने काम भएकोमा दुःख व्यक्त गर्नुभयो ।

दलहरु भित्रको झगडा र आशंकाले देश सम्बृद्धितर्फ नजाने बताउँदै अध्यक्ष तिमिल्सिनाले यसले देशमा अझै ठुलो दुर्घटना हुन सक्ने चेतावनी समेत दिनुभयो ।

विकास निर्माणका हरेक काममा राजनीतिक दलहरुले हातेमालो गर्न सके देश विकासको दिशामा धेरै अगाडी बढ्ने भएकाले उहाँले स्थानीय दलहरुलाई विकासमा भाँजो नहाल्न आग्रह गर्नुभयो