‘एपीएफ’लाइ हराउदै ‘सुदुर पश्चिम ११’ खप्तड गोल्डकपको फाइनल प्रवेस
‘एपीएफ’लाइ हराउदै ‘सुदुर पश्चिम ११’ खप्तड गोल्डकपको फाइनल प्रवेस
१६ फागुन २०७६ धनगढी : मोफसलमा सर्बाधिक धनराशिको चौथो सुदूरपश्चिम खप्तड गोल्डकपमा आज बाट सुरु भएको सेमिफाइनल खेलमा नेपाल एपीएफलाइ हराउदै सुदुर पश्चिम ११ क्लब खप्तड गोल्डकपको फाइनल प्रवेस गरेको छ । जित संगै सुदुरपश्चिम ११ फाइनल प्रवेश गर्ने पहिलो टोलि बनेको छ।
सुदुरपश्चिम ११ र एपीएफबीच कैलाली हसनपुर स्थिति धनगढी क्षेत्रीय रंगशालामा दिनको ३ बजे भएको खेलमा सुदुरपश्चिम ११ले एपीएफ बिरुद्ध २-१ गोल अन्तरको जित निकालेको हो ।
सुरुवात देखिनै आक्रामक बनेको सुदुर पश्चिम ११ औ मिनेटमा पहिलो गोल गर्दै एपीएफ माथि अग्रता लिन सफल भएको थियो। सुदुरपश्चिम ११ का लागि बिक्रम सिंह ठकुरीले पहिलो गोल गरेका थिए। पहिलो गोल भएको ३ मिनेट पछिनै अर्थात् खेलको ११ मिनेटमा दोश्रो गोल गर्दै सुदुर पश्चिमका लागि विक्रमसिंह ठकुरीले अग्रता दोब्बर बनाए।
खेलको २४ औ मिनेटमा एपीएफका लागि आशिस लामाले सान्त्वना गोल गर्न सफल भए। त्यसपछि कुनैपनि गोल हुन सकेन र एपीएफ माथि २-१ को गोल अन्तर निकाल्दै सुदुरपस्चिम ११ले नतिजा आफ्नो पक्षमा पार्न सफल भएको हो। जित संगै सुदुरपस्चिम ११ फाइनल प्रवेश गरेको छ भने एपीएफ प्रतियोगिता बाट बाहिरिएको छ।
आजको खेलमा म्यान अफ द म्याच सुदुर पश्चिम ११ का बिक्रम सिंह ठकुरी बनेका छन्।
भोलिको खेल हिमालयन शेर्पा र थ्री स्टार क्लब बीच कैलाली हसनपुर स्थिति धनगढी क्षेत्रीय रंगशालामा दिनको ३ बजे फाइनल प्रवेशका लागि हुनेछ। भिली बिजेता हुने टोलीले सुदुरपस्चिम ११ संग उपाधि रक्षाका लागि खेल्नेछ। फाइनल खेल यहि २० गते मंगलबार कैलाली हसनपुर स्थिति धनगढी क्षेत्रीय रंगशालामा दिनको २ बजे हुनेछ।
