एसीसी टि-२० : मलेसिया सामु नेपालको लज्जास्पद हार
एसीसी टि-२० : मलेसिया सामु नेपालको लज्जास्पद हार
१७ फागुन २०७६ काठमाडौं : थाइल्याण्डको बैंककमा जारि एसीसी इस्टर्न रिजन टि२० क्रिकेट प्रतियोगितामा नेपालले मलेसियासँग हार बेहोरेको छ । सनिबार मलेसियासँग भएको खेलमा नेपाल २२ रनले पराजित हुन पुगेको छ ।
जितका लागि १ सय ५५ रनको विजयी लक्ष्य पक्ष्याएको नेपालले १९.४ ओभरमा १ सय ३२ रनमा अल आउट भएपछी नेपाल पराजित हुन पुग्यो ।
खराब सुरुवात गरेको नेपाललाई तेस्रो विकेटका लागि कप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्र सिंह ऐरीले ५९ बलमा ६७ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए ।
एक समय १३.५ ओभरमा ८९-५ को कमजोर अवस्थामा रहेको मलेसियालाई अजिज र रम्लीले छैटौं विकेटका लागि ३५ बलमा ६३ रनको साझेदारी गर्दै प्रतिस्पर्धात्मक योगफलमा पुर्याए ।
लेग स्पिनर सन्दीप लामिछानेले तेस्रो ओभरको दोस्रो बलमा ओपनर विरनदीप सिंहलाई पवन सरार्फबाट ३ रनमा क्याच आउट गराउँदै आफ्नो टि ट्वान्टी करिअरको एक सय विकेट पुरा गरे ।
नेपालले दोस्रो खेलमा आइतबार हङकङसँग खेल्ने छ ।
