दिल्ली हिंसामा मारिनेको सङ्ख्या ३४ पुग्यो
दिल्ली हिंसामा मारिनेको सङ्ख्या ३४ पुग्यो
अमेरिकी रास्ट्रपति ट्रम्पको भटर भ्रमण को पूर्वसन्ध्याबाट भारतको राजधानी दिल्लीमा भएको हिंसात्मक दङ्गामा अहिलेसम्म मारिनेको सङ्ख्या ३४ पुगेको छ।
उक्त हिंशामा मारिनेहरु सबैलाइ गोली लागेको पाइएको छ।
अझैपनि कतिपय इलाकामा हिंसक जत्था डुलिरहेको र दिल्लीको उत्तर-पूर्वी भागमा छिटफुट हिंसा भएको प्रहरीले जनाएको छ।
हिन्दू र मुस्लिम समुदायबीच थप झडप हुन नदिन हजारौँ दङ्गा प्रहरी तथा अर्धसैनिक फौजले गस्ती गरिरहेका छन्।
आइतवार नागरिकता कानुनका पक्ष र विपक्षमा रहेकाहरूबीच झडप भएपछि त्यसले साम्प्रदायिक दङ्गाको स्वरूप ग्रहण गरेको थियो।
