युरोपा लिग: म्यानचेष्टरको फराकिलो जित, अर्सनलको युरोप लिगबाट बाहिरो
युरोपा लिग: म्यानचेष्टरको फराकिलो जित, अर्सनलको युरोप लिगबाट बाहिरो
१६ फागुन २०७६ एजेन्सी: ईग्लिश क्लब म्यानचेष्टर युनाटइटेड युरोप लिगको प्रिक्वाटर फाइनलमा प्रवेश गरेको छ । बिहिबार राति भएको खेलमा बेल्जियमको क्लब ब्रगविरुद्ध ५-० गोलको फराकिलो जित दर्ता गरेको छ । यससँगै समग्रमा म्यानचेष्टर युनाटइटेडले ६-१ को जित दर्ता गरेको छ ।
म्यानचेष्टर युनाटइटेडले आफ्नो घरमा फराकिलो जित दिलाउन ब्रुनो फर्नान्डेस,ओडियन इघालो,स्टक म्यका टोमिनले र फ्रोडिको रोड्रीगेजले दुइ गोल गरेका थिए ।
पहिलो हाफमा ३-० ले अघि रहेको ईग्लिश क्लब म्यानचेष्टर युनाटइटेड दोस्रो हाफ २ दुइ गोल थपदै ५-० को जित दर्ता गरेको छ ।
युरोपा लिगको अर्को खेलमा अर्सनल पराजित भएको छ । पराजित भएसँगै अर्सनल युरोपा लिगबाट बाहिरिएको छ ।
