देश

यस्तो छ आगामी तीन दिनको मौसम

यस्तो छ आगामी तीन दिनको मौसम

१६ फागुन २०७६ काठमाडौँ: आगामी तीन दिनको मौसम पूर्वानुमानबिषयमा जानकारी

फागुन १६ गते (शुक्रबार)
दिउँसोः देशभर मौसम सामान्यतया सफा रहनेछ। अपरान्ह पश्चात देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही एक-दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ।

रातीः देशको पश्चिमी भू-भाग लगायत मध्य तथा पूर्वी पहाडी भू-भागमा आंशिक बदली रहनेछ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

फागुन १७ गते (शनिबार)

दिउँसोः देशको पश्चिमी भू-भाग लगायत मध्य तथा पूर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पश्चिमी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पश्चिमी पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

फागुन १८ गते (आईतबार)

दिउँसोः देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। अपरान्ह पछि पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।