क्रिकेटखेलकुद

नेपाली टिम आज थाईल्याण्ड प्रस्थान गर्दै , नेपालको खेल कहिले छ (सम्पूर्ण जानकारी)

नेपाली टिम आज थाईल्याण्ड प्रस्थान गर्दै , नेपालको खेल कहिले छ (सम्पूर्ण जानकारी)

१५ फागुन २०७६ काठमाडौँ: नेपाली क्रिकेट टोलि थाईल्याण्डमा फागुन १७(२९ फेबुअरी) देखि सुरु हुने एसिसि इस्टर्नको रिजन टि -२० क्रिकेट प्रतगियोतामा सहभागित जनाउन आज थाईल्याण्ड प्रस्थान गर्दै छ ।

नेपाली टिम आज दिउसो ३ बजे थाईल्याण्ड प्रस्थान गर्दै छ। एसिसि इस्टर्नको रिजनको नँया खेलतालिका अनुसार नेपाले पहिलो खेल फागुन १७ गते मलेसियासँग खेल्ने छ दोस्रो खेल फागुन १८ मा हङकङ विरुद्ध खेल्ने छ । त्यस्तै तेस्रो खेल फागुन २१ मा थाईल्यान्ड बिरुद्ध खेल्ने छ र फागुन २३ मा सिंगापुर विरुद्ध खेल्ने छ । प्रतियोगिताका शीर्ष दुई टोलीले एसिया कप छनोटमा स्थान बनाउने छन्।

नेपालले मलेसियासँगको खेल नेपाली समय अनुसार १२:१५ बजे देखि सुरु हुनेछ भने थाईल्यान्ड,हङकङ र सिंगापुरसंगको खेल भन ८:१५ देखि रहेको छ ।

ईस्टर्न र वेस्टन रिजनबाट छनोट भएर आउने शीर्ष दुई दुई टोली गरी चार टिमले अगष्टमा मलेसियामा एसिया टि ट्वान्टी क्वालिफयार खेल्ने छन् । जसको विजेताले सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया टि ट्वान्टी कप प्रतियोगितामा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानसँग खेल्न पाउने छ ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा घोषणा गरिएको टिममा पारस खड्का, उपकप्तान दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, बिनोद भण्डारी, सन्दीप लामिछाने, करण केसी, अभिनास बोहरा, कुशल मल्ल, पवन सरार्फ, सुशन भारी, किशोर महतो, भुवन कार्की र सन्दीप जोरा छन् । इस्टर्न रिजनको राष्ट्रिय टोलिमा सोमपाल कामी, शरद भेषवाकर र वसन्त रेग्मी टोलीमा छैनन् ।