खेलकुदफुटबल

युभेनटस इटालीयन सिरी ए को शिर्ष स्थानमा

युभेनटस इटालीयन सिरी ए को शिर्ष स्थानमा

५ फागुन २०७६ एजेन्सी: युभेनटस इटालीयन सिरी ए को शिर्ष स्थानमा उक्लिएको छ। रेलिगेसन जोनको ब्रेसियालाइ २-० ले पराजित गर्दै इटालीयन सिरी ए को शिर्ष स्थानमा उक्लिएको छ। युभेनटसको जितमा पाउलो डिबला र हुवान क्वाड्राडोले गोल गरेका थिए।

युभेनटसको लागि पहिलो ३८ मिनेटमा भएको थियो भने दोस्रो गोल खेल ७५ मिनेटमा भएको थियो।


रेलिगेसन जोनको ब्रेसिया खेलको ३७ मिनेटमा १० खेलाडीमा सिमित रहेको थियो । खेलको ३७औं मिनेटमा ब्रेसियाका फरवार्ड फ्लोरियन आई रातो कार्ड पाएका थिए ।

जितसंगै युभेनटस इटालीयन सिरी ए को शिर्ष स्थानमा उकिलिएको छ। युभेन्टसको २४ खेलबाट ५७ अंक छ भने समान खेलबाटै लाजियोको ५६ तथा इन्टर मिलानको ५४ अंक छ । ब्रेसिया १६ अंक जोडेर १९औं स्थानमा रहेको छ ।